अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक

साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो ।

दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम लिएर ट्याक्स नतिरेको शंकामा उनको घरमा छापा मारिएको थियो ।

अभिनेता विजयको घरमा सर्च अपरेशन चलाइएको थियो । जाँचको दौरान आयकर अधिकारिकहरुले विशेष खुलासा गरेका छन् । विजयलाई दुई फिल्मका लागि भारतीय १ सय ३० करोड रुपैयाँ पारिश्रमिक स्वरुप मिलेको थियो । जाँचमा विजयलाई यति ठूलो रकम मिले पनि उनले ट्याक्स भने जम्मा गरेको इनकम आयकर विभागका अधिकारिहरुले जानकारी दिएका छन् ।

अभिनेता विजयलाई १ सय ३० करोड ‘बिगिल’ र ‘मास्टर’ का लागि मिलेको थियो । उनले ‘बिगिल’ का लागि ५० करोड र ‘मास्टर’ का लागि ८० करोड बुझेका थिए । उनको घरमा छापा कुनै आकास्मिक थिएन । खासमा, उनको पछिल्लो सुपरहिट फिल्म ‘बिगिल’ ले तीन सय करोड छापेको थियो । त्यसबेला आइटी अधिकारिलाई फाइनन्सर अनबूको घरमा ७७ करोड मिलेको थियो ।

विजयको कठिनाइ अझै समाप्त भएको छैन । आइटी अधिकारिहरू विजय र उनको परिवारले गरेको लगानीको छानबिन गरिरहेका छन् । विजयले गरेको केही लगानी अहिले प्रश्नको घेरामा छ । अहिले उनी फिल्म ‘मास्टर’ को छायांकनमा व्यस्त छन् । आफ्नो घरमा इनकम ट्याक्सका अधिकारिहरुले छापा मारेपछि उनले केही समयका लागि फिल्मको छायांकन रोकेका थिए ।