कोहलपुरमा होलीको अबसर पारी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

काेहलपुर, होलिको अवसर पारी कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुरका क्रियाशील पत्रकार र कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्च बिच फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे हाे ।

उक्त खेलमा पत्रकारको टिमलाइ कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले १ का विरुद्ध ३ गोल हान्दै बिजय हसिल गरेको कुरा मञ्चका सचिव लक्ष्मण मानवले जानकारी दिए  । यसै गरि होलिलाइ आत्मियता बढाउने र खेलक्षेत्रमा थप हौसला बढाउनका लागि खेल राखिएको मन्चका अध्यक्ष टोपराज जैसिले बताए  । 

कार्यक्रम कोहलपुर नगरपालिका वडा नं १ का अध्यक्ष गोपि खनालको प्रमुख आतिथ्यता तथा मञ्चका अध्यक्ष टोपराज जैसिको अध्यक्षतामा सम्पन्न भएकाे थियाे  ।

कार्यक्रममा (नेकपा) प्रदेश नं ५ कमिटि सदस्य प्रेम भुसाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश शाहि , अनेरास्ववियू केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, भिमराज खरेल, अनेरास्ववियू जिल्ला संयोजक सुरेन्द्र जंग शाह , सह संयोजक टेकेन्द्र मल्ल राष्ट्रिय युवा संघ नेपालका बाके जिल्ला सह संयोजक आकास कार्कि, नेपाली काङ्ग्रेस कोहलपुर नगर कमिटि सह सचिव सुशील सापकोटा, लगाएतको उपस्थित रहेको थियो ।