डियर कामरेड बिशाल तिमी मारिएको हल्ला जब गाउँभरी फैलियो (भिडियोसहित)

तत्कालीन माओवादीले कालिकोटको पिलिमा भिषण आक्रमण गर्यो । आफ्नै जिल्लाको पर कुनामा भएको लडाइँको धमका रातभरि आई नै रहयो । भुकुम्पको जस्तो लाग्ने बमको कम्पनले जमिन भन्दा उनको मन बढि हल्लाउँथ्यो । सबैभन्दा बिशालु हुन्छन आफना प्रिय मान्छेका अप्रिय खबर ।

उज्यालो होउन्जेल गोलीका आवाजहरू आउन छोडेनन् । डयाङ….. ड्याङ… धुम्मम… बमका आवाजले कान गुन्जायमान भएको थियो । आकाश पातल थर्कायमान बनायर जान्थ्यो । कालिकोटको पिलिभन्दा केही दुरी टाढा कोटिलामा चन्द्रा शाहिको मन पात पात हुन्थ्यो । युद्धको कमाण्ड गरिरहेका जीवन साथी कामरेड बिशाललाई केही हुन्छ कि ? चन्द्रा रातभर निदाइनन् ।

कसरी लाग्नु निन्द्रा पनि घरि उता घरि यता पल्टिदै बिहान भयो । मोर्चाको कमाण्ड सम्हालेका आफ्ना श्रीमानको अबस्था कस्तो रहयो । खुलदुलीले नै बिहान भयो । उनले त्यो रात कसरी बित्यो भन्ने पत्तै पाईनन । सबैभन्दा जिवनकै लामो लागेको थियोे त्यो रात ।

जब खोरमा रहेको भाले बास्यो ….

रातभर जागाजागा आँखाले परेली झिम्क्याउन पाएका थियनन् । जिवनको सबैभन्दा लामो लागेको रात थियोे । जब बिहान भयो रातभरि लडेका फौँजको लाइन गाउको मुन्तिर लाग्यो चन्द्राका आखा त्यो लाइनमा हिडिरहेका सिपाहीका नजरमा नजरमा डुल्न थाले । कहाँनेर विशाल हिडिरहेका छन । कसरी हिडिरहेका छन । उनको मनमा खुल्दुली पस्यो । धेरै फौज अगाडि बड्यो तर कतैपनि बिशाललाई देखिनन् । मनमा निराशाको बादल मडारिन सुरु गर्यो ।

गाउँमा फैलिएको त्यो हावा

गाउँमा सनसनी हल्ला फैलियो पिलि आक्रमणमा बिशालको मृत्यु भयो । एकान दोकान मैदान गर्दै त्यो हल्ला चन्द्राको कानमा पुग्यो । चन्द्राको मन चिसो भयो । उनि शंका र बिश्वासको मझधारमा उभिइन । नभन्दै गाउँमा सेनाको फौज पुग्यो लाइनभर उनका श्रीमान बिशाल अर्थात महेन्द्र बहादुर शाही कामरेड बिशाललाई कतै देखिनन् । मनको घडिले १२ बजायो । पत्याउनु र नपत्याउनुको मझधारमा उभिइन ।

घरको आगनमा भारी सन्त्रास बोकेर मुला केलाईरहेकि थिइन । आँगनमा बिशालका साथी रमेश कोइराला टुप्लुक्क आइपुगे । जो अहिले उनका राजनितिक सल्लाहाकार छन । आश्चार्यको कुरा के थियोे भने उताका पनि क विशाल र रमेश मिल्ने साथी थिए । उनिहरू कमाण्डर कमिसार थिए । घर आउँदा कयौंपटक बिशाल र कोइरालासंगै आएका थिए । बिशालका एक मिल्ने साथी पनि थिए कोइराला । कोइरालाको उपस्थीतिले झन निरासाको बादल मडारियो । उनले चाहेर पनि सोध्ने हिक्मत गरिनन् ।
उनिहरू प्रायः संगै हुन्थे ।

आँगनीको डिलमा पुगेका कोइरालालाई चन्द्राले प्रश्न तेर्साइन खै तपाईको साथी ? किन संगै लिएर आउनु भएन । कोइरालाले जवाफ दिए पछाडि हुनुहुन्छ आउदै हुनुहुन्छ । अँह चन्द्राले पत्याइनन् । पत्याउन पनि कसरी ! बिशालको मृत्यु भएको खबर गाउँभरी फैलिसकेको छ । मान्छेहरू कानेखुसी गरिरहेका छन । कोइरालाको भौतिक उपस्थितिले चन्द्राले ठानिन पक्कैपनि बिशालको मृत्यु भएकै रहेछ ,उनी खबर बोकेर सम्झाई बुझाई गर्न पुगे । त्यतिबेला चलन पनि त्यस्तै थियो ।

माओबादी छापामार युद्धमा मारिए भने,उनका सिनियर कमाण्डर वा मिल्ने साथी शहिदको खबर बोकेर घर घरमा पुग्थे । चन्द्राले नपत्याउन पनि कसरी ? संयोग या मौका त्यस्तै परेको थियोे । कोइरालाले अनेकौं बहानाबाजी गरेर सम्झाए चन्द्राको मन थामियन ….. आखाभरी आसु छचल्कियो । उनी भावुक बनिन् । पिडाको गहिरो आहालमा डुबिन । डियर कामरेड बिशालको सम्झनामा उनका आँखा निक्कै रसाए ।

जब घरको आँगनीमा महेन्द्र बहादुर शाही (विशाल) टुप्लुक्क पुगे…

कोइरालाले भनेको कुरा सत्य थियोे । उसोत गाउँभरी फैलिएको हल्ला पनि सत्य नै थियो । मात्र संयोग थियो पिलिमा मृत्यु भएका विशाल अनेत्र कतैका कामरेड बिशाल थिए । उनि अछामक थिए । कामरेड विशाल अर्थात महेन्द्र बहादुर शाहीले आफ्नो फौजलाई रातभर लडायर बिजय गरायर बिजयको झन्डा बोकेर आएका थिए ।

उनी साच्चै मृत्युुलाई जितेर घरको आगनीमा पुगेका थिए । जब घरको आगनीमा गाउँभरी चलेको हल्लालाई असत्य सावित गर्दै विशाल अर्थात महेन्द्र बहादुर शाही उभिए चन्द्रा बिशालको अंगालोमा बाँधियर भक्कानी भक्कानी रून थालिन । त्यो पल कुनै हिन्दी सिनेमाको अब्बल कारूणिक क्षण भन्दा कम थिएन । अहिले पनि ती क्षणहरू सम्झदा चन्द्राका नयन यसरी पग्लिन्छन ।

महेन्द्र बहादुर शाही उतिबेला बिशाल उपनामले चिनिन्थे । कयौँ ठाँउ मृत्युको चौघेरामा उभिएका शाहीले बिताएको युद्धकालिन जिवन पनि कम घत लाग्दो छैन । जिवनका निक्कै उत्तार चढाब ब्यहोरेका शाही जस्तै उनकी धर्मपत्नी चन्द्रा शाहीले पनि उतारचढाब ब्यहोरिन । शाहीकै कारण कयौँ पटक प्रहरीमा तारीख बोक्नु पर्यो । गाउँमा सेना प्रहरी प्रबेश गरे पहिलो निशानामा पर्थिन चन्द्रा ।

पर्दा पछाडि ब्यहोरेको दुखका अतिसय गाठाँ फुकाउँदै चन्द्रा निक्कै भाबुक हुन्छिन । आन्दोलनमा कमाण्डरकी श्रीमती भएर मोल्नु परेको कष्टको हिसाब कसैसंग छैन । छ त केवल मुख्यमन्त्री र सांसदकी श्रीमती भएको रोष अनि गुनाँसो ।
भिडियोसहित …