फेसबुकविरुद्ध मुद्दा दायर

काठमाडौं, अष्ट्रेलियाको गोपनियता नियामक निकायले फेसबुकविरुद्ब उजुरी गरेको छ। तीन लाखभन्दा बढी नागरिकको निजी सूचना बिनाअनुमति सार्वजनिक गरेकाले फेसबुकविरुद्ध मुदा दायर गरेको हो।अस्ट्रेलियाका सूचना आयुक्त एन्जेलिना फोकका अनुसार संघीय अदालतमा फेसबुकले एउटा सर्वेक्षणका क्रममा राजनीतिक रुझान राख्ने तीन लाख ११ हजार १२७ प्रयोगकर्ताको जानकारी लिक गरेको आरोप लगाएकी छिन्। उनले गोपनीयताको हकसम्बन्धी कानुन भंग गरेको आरोप लगाएको हुन्।

‘फेसबुकको यो प्लेटफर्मको डिजाइनको उद्देश्य व्यक्तिगत जानकारीमाथि नियन्त्रण गर्ने सामर्थ्य स्थापित गर्ने रहेको थियो’ उनले भनिन्।

यस मुद्दामा गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेमा बढीमा १.७ मिलियन अष्ट्रेलियन डलर जरिवाना हुन सक्छ। अदालतले ३ लाख ११ हजार १ सय २७ जनाको लागि जरिवाना तिर्न लगाएमा ५ सय २९ अर्ब अष्ट्रेलियन हुन जान्छ।

२०१४ देखि १५ सम्म यस्तै खालको व्यक्तिगत सूचनाहरू सर्वेक्षण प्रश्‍नोत्तर सर्वेका क्रममा लिकका विषयमा जाँचपछि अमेरिकी संघीय व्यापार काउन्सीलले पनि गत जुलाईमा फेसबुकलाई ५ अर्ब जरिवाना तिर्न लगाएको थियो। एजेन्सी