चर्चामा हेप्पी होली

नेपालगन्ज, चर्चित थारु गायक विश्वसागर परियार र चर्चित गायीका सुमन चौधरीको हेप्पी होली बोलको गित चर्चामा रहेको छ । होलीको पावन अवसरमा निकालिएको हेप्पी होली हेप्पी होली बोलको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ ।

दुई दिन अगाडी सार्वजनिक गरिएको हेप्पी होली बोलको गित बजारको गल्ली गल्ली र गाउँको बस्ती बस्तीमा चर्चामा रहेको बाँके बैजापुरका राकेश थारुले जानकारी गराए । हेप्पी होली हेप्पी होली बोलको थारु भाषाको म्युजिक भिडियो आउने वित्तिकै चर्चा बटुल्न सफल भएको उनले जानकारी गराए ।

पहिलो पटक गायक परियार र सुमनले होलीको म्युजिक भिडियो बजारमा ल्याएका हुन । पहिलो पटक नै होलीको गितले सफलता कायम गरेको गायक परियारले हर्षित हुदै जानकारी गराउनुभयो । हेप्पी होली हेप्पी होली रंगिविरङगी रंग से भिजइबु तोहार चोली, घुमघुमके आइल होली फागुनके महिना, सव जे मिलके खेलव होली बोलको म्युजिक भिडियोले थप उर्जा कायम गरेको उहाँले जानकारी गराए ।

चर्चित मोडल राजकुमार थारु, प्रमिला चौधरी, संन्दिप विसी, पुजा ओली, मनोज चौधरी र पुजा चौधरीको मुख्य भुमिका रहेको छ । हेप्पी होली हेप्पी होली बोलको गितमा डान्स डाइरेक्टर कोरियोग्राफर दिल बहादुर रानाले गरेका छन भने क्यामरामा सरोज डङ्गोराले साथ दिएका छन ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवा र कैलालीमा छायाङकन भएको म्युजिक भिडियो आरकेसी युटुब प्रा.ली. बाट सार्बजनिक भएको हो ।