म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जीत

एजेन्सी, म्यान्चेस्टर डर्बीमा युनाइटेड विजयी भएको छ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको हो ।

आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

सिटीका सर्जियो अग्युरोले एक गोल गरेका थिए । तर, उनको गोल भीएआरले अफसाइड देखाएको थियो । जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।