नारी दिवस र महिला अधिकारका कुरा

आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । हुनत यसो भनिरहदा महिला अधिकारको कुराले कति सार्थकता पायो भन्ने बिषयको पनि अध्ययन गर्न जरुरत । महिलाहरुको हक अधिकारको पयार्यको रुपमा मनाउदै आएको यो दिनकाे समिक्षा  गर्न जरूरत छ ।

सन १९१० मा कोपेनहेगेनमा महिलाहरुको नेतृत्वमा महिला माथीको विभेद अन्त्यका लागि समान कामको समान ज्याला,महिला समानता र सम्मानलाई संस्थागत गर्नका लागि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव जर्मनीको माक्र्सवादी नेतृ क्लारा जेटकिनले प्रस्ताव राखेसंगै त्यो प्रस्ताव १९११ देखि विश्वभर ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेको इतिहास छ ।

माक्र्सवादी महिला नेतृले शुरु गरेको अभियान र श्रमिक महिला दिवसलाई संसारभरिका पुजीवादी महिलाहरुले समेत साथ र समर्थन दिदै उत्साह र उमंगका साथ मनाउन थालीएको छ । श्रमिक महिला दिवसको लक्ष्य उदेश्य भनेकै आधा आकाश र आधा धर्ती ओगटेका महिलाहरुलाई महिला भएकै कारणले शारीरिक, मानसिक ,आर्थिक सामाजिक र राजनीति रुपमा विभेद र अपमानित हुन नपर्योस भन्ने ने हो । पछिल्लाे बिश्वसम्मा पुग्दा केहि नभएकाे भने हैन । नेपालकै सन्दर्भमा राष्ट्रपतिसम्मा महिला बन्ने अबस्था सिर्जना  परिबर्तनले गरेकाे हाे । 

पुरुष सरह, समान हैसियत, समान कानुन र ब्यवहार हुनुपर्छ भन्ने हेतुले नेपालमा पनि १०४ बर्ष जहानिया राणा शासन हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासम्म आइपुग्दा लामो समयदेखी संघर्षरत यी नै ठुला ठुला आन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तन र उपलब्धि जुन रूपमा नेपालले हासिल गरेको छ । यो रंगिन इतिहास लेखनमा महिलाहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन । दुनियाको कुनैपनि परिबर्तनको आन्दोलन महिला बिना अपुरा र अधुरा छन । आफ्नो ज्यानको बाजी राखेर पुरुष सरह हरेक अवसरमा महिलाको आधा हिस्सा अनिवार्य कायम गरेको विषय आज एक दिन हैन एक इतिहास नै रचिएको छ ।

मलाई लाग्दैन कि,यहाँ फेरि अर्को आन्दोलनको आँधीहुरी सिर्जना गर्नु पर्छ । बरू महिलाहरू निति निर्माणकाे तहमा पुगेर त्यसलाइ सार्थकता दिन जरूरत छ । परिवर्तनकाे संस्थागत गर्न  आबश्यक छ ।  वस यति कुरा गरौ जुन संबैधानिक र कानुनी रूपमा महिला हक हितका अधिकारहरुलाइ पुर्ण रूपमा व्यबहारत कार्यान्वयन गर्ज आबश्यक छ  । अनि मात्र ८ मार्च सफल र अग्रज महिलाहरुले गरेको बलिदानी उपलब्धिका रूपमा हुने बिश्वासमा छु ।

नत्र भने श्रमिक महिला दिवस पछिल्ला बर्षहरुमा हेर्दा ठुलो धन राशी खर्च गरेर विभिन्न पार्टि प्यालेसहरुमा भब्य रूपमा ८ मार्च मनाएको देखिन्छ । शहरका ठुलो होटेलमा मनाएको श्रमिक दिवसले ग्रामिण बस्तीकी ती आमा दिदी भाउजूलाई  त्यस्ता ५ तारे हाेटलहरूमा गरेका कार्यक्रमकाे के फाइदा छ र ?

 ८ मार्च संबैधानिक र कानुनि रूपमा प्राप्त महिला हक अधिकारलाई संस्थागत गर्दै अरुबाट हैन,आफैबाट तयार हौ पुरुषलाई सामाजिक चेतनाको बिकास गर्दै महिलालाई चुलो चौकाको ठेक्दार न सम्झी अगाडि बढाउन हौसला गरौ महिला माथी हुने विभेदको खुलेरै अन्त्यका लागि एकजुट हौँ ।

फेरि फेरि  आन्दोलनको घाेडा चढनेकाे परिपार्टीकाे अन्त गराैँ  । संबिधान कार्यान्वयनकाे दिशामा अगाडि बडाैँ ।  देश तथा बिदेशमा हुने सम्पूर्ण दिदि बहिनी दाजु भाइहरूलाई श्रमिक महिला दिवसको शुभकामना ।

लेखकः  नेपाल कम्युनिस्ट पार्टी कालिकोटकी जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।