कठायत भन्छन्- जति गफदिए पनि प्रदेश सरकारसंग पर्यटनका योजना छैनन् (भिडियोसहित)

विरेन्द्रनगर,सुर्खेत कुलिनरी द हस्पीटालिटी सुर्खेतका संचालक तथा युवा उद्यमी केशव कठायतले कर्णाली प्रदेश सरकारसंग कर्णाली समृद्धीका लागि उपयुक्त पर्यटनका बिकासे योजना नरहेको दावी गरेका छन ।

कुसेन्युजसंगको बिशेष कुराकानीमा कठायतले कर्णालीको बिकासको आधार पर्यटन क्षेत्र भएपनि कर्णाली सरकारसंग आबश्यक योजना नभएको बताए । कठायतले भने गाउँगाउँमा सडक पुग्नुलाई मात्र बिकास भन्न सकिन्न । सडकसंगै सभ्यता पनि पुग्न जरुर रहेको जिकिर गरे ।

उनले भने कर्णाली सभ्यतालाई हस्पीटालिटीको क्षेत्रमा अझै मौलिक बनाएुर लिन आबश्यक छ । पहिलोपटक सुर्खेतमा हस्पीटालिटी सम्बन्धी छुटै अबधारणमा हस्पीटालिटी सेन्टर सुरु गरेका कठायतले कर्णालीमा दक्षा जनशक्तिको आबश्यक रहेको भन्दै आफुले यसको शुभारम्भ गरेको बताए । 

भिडियो