प्रदेश र संघका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढ्योः अध्यक्ष शाही (भिडियोसहित)

डोल्पा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रदेश सरकार र संघ सरकारका अलपत्र योजनाका कारण गाउँपालिका अस्तब्यस्त भएको बताएका छन । आबश्यक समन्वय नगर्दा प्रदेश सरकारका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढेको बताएका छन ।

उनले मन्त्रीहरुले नातागोता र कार्यकर्ता हेर्दा योजनाहरु आफै अलमलमा परेको बताएका हुन । अध्यक्ष शाहीले कुसेन्युजसंगको बिशेष कुराकानीमा बोल्दै भने मुड्केचुला दुर्गम भएको भन्दै प्रदेश सरकारले पनि सौतेनी ब्यवहार गरेको गुनाशो गरेका छन ।

जनताका अपेक्षाअनुसार बिकासे योजना नपर्नु भौगोलीक रुपमा बिकट मुड्केचुलालाई आबश्यक बजेट उपलब्ध नगराउनुले अप्ठयारो परेको बताए । उनले भने आएको बजेट पनि आफना निजि पात्र मार्फत आएका कारण योजनाहरुमा भ्रष्टाचार मौलाएको दावी गरे । स्थानीय सरकारको समन्यव भन्दा बाहिरबाट आएको भन्दै मनपरी रहेको शाहीको भनाई रहेको छ ।

गाउँपालिकाको बिकासमा आफु दत्तचित्त भएर लागेको भन्दै अध्यक्ष शाहीले जनताको अपेक्षाअनुसार पालिका सरकार अगाडी बडेको जिकिर गरे । उनले निर्वाचनका बेला जारी गरेको घोषणपत्रहनुसार ५० प्रतिशत गरिसकेको ५ बर्षमा जनताको समृद्धीको चाहाना पुरा गर्न आफु प्रतिबद्ध भएको बताए ।

भिडियो