भोगाईको त्यो पाठशाला !

यस्तो लाग्छ भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईका बिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो । निरन्तर जे सिक्नु थियो सिकिरहेको छ ।

गहिरिएर विश्लेषण गर्ने हो भने भोगाईको अबिछिन्न श्रृंखललाले नै मान्छेलाई स्पात बनाउदो रहेछ । सङ्घर्ष केवल खाना र नानाको लागिमात्रै मात्रै गरिन्न, जीवनमा । जिन्दगीका यावत् पक्षमा क्रमशः बढ्दो उमेरसँगै सङ्घर्ष पनि बढ्दै जान्छ ।

तर सोच्नुपर्ने चाहिँ यही छ, जीवनमा कतिसम्म सङ्घर्षको मैदानबाट पार लाग्ने ? हुनत कति ठाउँ जितिएला, कति ठाउँ हारिएला । अलिकति आध्यात्मिक पाराले भन्ने हो भने जीवन एउटा गजबको खेल हो कर्मको भेल हो । चाहेर जित्न नसकिएला अथवा नचाहेरै पनि हारिएला । बस । संघर्ष जारी राख्नुपर्छ, भन्ने जिवन दर्शनको पर्याय बनेकी छु ।

कुनैबेला यस्तो क्षण थियो । दुनियाँमा निजि स्वार्थ शब्द नै शब्दकोषबाट हटाइसकेको थियौँ । सम्झदा पनि अच्चम लाग्छ ,जब हामीसग भएको स्वार्थ भन्ने शब्द नै डिलिट गरिसकेका थियौँ । एउटा बिल्कुल नयाँ संसारको परिकल्पना सहित त्याग तपस्या बलिदानि र संघर्षको मैदानमा हाम फाल्दा धन सम्पत्ति निजि सम्पत्तिको केही अबशेष पनि थियन । बर्ग बिहिन सामाजको कल्पना सहित निस्वार्थ हिडेका थियौँ ।

लाग्छ कहिलेकाँहि युद्धका ति १० बर्ष कसरी, कहाँ बिते पत्तै भएन । दुख कस्ट थकाइ पटाई अँह केहि मतलब भयन । केवल स्वतन्त्रताको आकाशमा कावा खाँदै उडिरहेका थियौँ । मुक्तिको महासागरमा पौडिरहेका थियौँ युद्धका कैयौ मोर्चाहरुमा आफ्नै सहयात्रीको लासलाई बाकेर कसम खाएका थियौँ । सपना शाकार पार्नेछौँ जरुर पार्नेछौँ ।

भोगाइका अनेक बिश्रृंखलित क्षणहरुमा पौठेजोरी खेलीरहेका थियौँ , बिस्वस्त थियौ त्यहीँ बिस्वासका साथ अगाडि बढेका थियौँ । तर परिस्थिति कोल्टे फेर्यो उहीँ अवस्था रहेन भनेको लक्ष्य अनुसार उपलब्धि हासिल हुन सकेन । युद्ध चाहेर गर्ने कुरा पनि थिएन चाहेर रोकिने कुरा पनि थिएन ।

परस्थीतिले कोल्टे फेर्यो युद्ध बिरामले स्थगित भयो । बार्ता संवाद र युद्ध बिरामले युद्ध कालिन संरचनामा रहि रहने अबस्था रहेन । सम्पूर्ण युद्ध कालिन माओबादि कार्यकर्तामा यो अबस्थाले दईवटा प्रश्न जन्मायो । जहाँ घरवार छोडेर हिडेका थियौ । उहीँ घर अगेनाबाट जिवनको सुरुवात गर्ने या नयाँ तरिका अपनाउने जे गरेपनि पुन सामाजमा पुर्नस्थापना हुनुको अगाडि बिकल्प थिएन । पुरानै सामाजमा नयाँ जग बसाउनुको बिकल्प थिएन ।

केही समय तारबारको घेराबन्दमिा संयुक्तराष्टसंघको निगरानिमा क्यान्टोनमेन्टमा बसियो । समयले कोल्टो फेर्यो सायद त्यो समयको पनि अन्त्य भयो । सेना समायोजन र स्वईच्छिक अवकाशले त्यो क्याम्पमा बसिरहन दिएन । शान्ति प्रकृयाको बसाइँ केही फरक अनुभुति सहित अन्त्य भयो । जिन्दगी फेरी त्यहि भारी बोकी पुरानै घरतर्फ हान्नियो । निक्कै अनौठो क्षण थियो परिबर्तनका अभियानमा हिडेका हामी सबैका लागि र पनि परस्थीतीले दिएको भाग सम्हाल्नु नै थियो ।

हाम्रा लागि हर हिसाबले झोला कुम्ला बोकी हिड्न बाहेक केही बिकल्प थिएन । नयाँ जीवन ब्याबस्थापनको लागि फेरी अर्को जिवन युद्ध गर्नु थियो । जिवन युद्ध र सामाजीक युद्ध फरक कुरा थिए । तयारि त होइन उराठ लाग्दो अबस्था देखेर कल्पना गर्न सक्ने अबस्था पनि थिएन । कहाँ जाने ? के गर्ने ? स्कुल पढ्दै गर्दा स्कुल छोडियो काम धाम सिकाउने आमा बाउ छोडियो गाउघर छोडियो ।

छोडेर आईसके त्यो सामाजमा अब फेरि फर्केर आए भन्ने प्रश्न जडबत थियो । कसरी जाउ उहीँ स्थानमा अब आएको जस्तो पनि रहेन । उमेर बढ्दो अबस्थामा आबश्यक्ताहरुको लाम सिमा बाहिर थियो । भारिभर्कममा छ कहाँ के गर्ने के नगर्ने लामो सुस्केरा हाल्दै हाम काहा जाएका वाउ जि  भन्ने उखान जस्तो भयो । रुने पीडा पोख्ने सुनाउने कोहि थियन । निक्कै अत्यास लाग्दो उराठ लाग्दो जिन्दगीको मोडमा आईयो ।

त्यो क्षण सुनाउन लायक नै लाग्दैन । सायद दशरथपुर क्यान्टोनमेन्ट छोडेर बिरेन्द्रनगर खजुरा डेरा डन्डागरम बसेको त्यो रात निन्द्रा नै परेन चिन्ताले पिरोलिरहयो के गरौ ? कहाँ जाउ ? कसरी ब्यवस्थापन गरौ ? हाम्रो लागि यो ठाउँ र जिम्मेवारी नयाँ थियो । हामी एक्लै थिएनौ हामीसँग दुई छोरी पनिसगै थिए । हाम्रो युद्ध कालिन प्रशिक्षणले फरक सिकाएको थियो तर घुम्दै आउदा त्यहि कुरा लागू गर्नु पर्ने भयो ।

हाम्रो लागि नभयनि छोरिको लागि पनि केही गर्नु थियोे । नयाँ बस्ति नयाँ ठाउँ मागे केही मिल्दैन यो ठाउमा जीवन जिउनकै लागि सानो ब्यपार सुरुवात गर्यौ । बिना लगानी बिना अनुभब ब्यापार गर्न पनि सजिलो थिएन । यहाँको ठुलठुला पसलहरुले साना पसललाई निल्दिन्थे प्रतिस्पर्धाको बजार थियौ । पुजिबादले नराम्ररी निलेको सामाजमा सानातिना ब्यपारको केहि लाग्थेन ।

त्यसैमा चुनौति थियो टिक्ने वा नटिक्ने लगानि थोरै थियोे । पिडाको बिचवाट जसोतसो खुद्रा पसल ग्यास डिलर फाईदा धेरै थियन दुख धेरै थियो । एकातिर खानपिन अर्कोतिर ब्यवस्थापन हरेक महिनामा कोठा भाडा तिर्दै पुग्दैन थियो । बिस्तारै ब्यपार राशन खाद्यान्न बोईलर कुखुरा पालन गरियो । साझ बिहान पसलमा व्यापार गरेर पाच हजारको ठेला किनेर सुरु गरियो । जुम्ला रोड हाईवयमा दिनभरि १० झोला केरा बेच्थे ।

साथीसंगिहरुका तिखा ब्यङग्य सजिलै ठेलामा ठोकिन्थे जान्थे । र पनि दिल खोलेर पचाउनुको बिकल्प थिएन । श्रम गर्ने मान्छे कहिल्यै सानो हुदैन र पेशा कुनै पनि सानो ठुलो भन्ने हुदैन । सानो भनेको त मान्छेको बुझाई हो जिवनमा सिकेको ज्ञान यहि थियो ।

यहि दर्शनले चाहे ठेलाको ब्यपार होस चाहे सडकको ढुक्कसंग गर्ने आत्मबिश्वास पैदा भएको थियो । यस्तो लाग्छ युद्ले संघर्ष सिकायो संघर्षले स्पात हुन सिकायो भने समस्याले सामाधान सिकायो । यस्तै यस्तै सिकाइका बिचमा जिन्दगी रमल्लीरहयो र रमल्लीरहेकै छ निरन्तर….। यी सबै भोगाइहरुले अनुभवको डायरी भरिएको छ । यहि नै जीवन जिउने गतिलो माध्याम बनेको छ । अहिले पनि सडक पेटिमा व्यापार गरिरहेका रिक्सा ठेला ब्यापारी देख्दा आफ्नै याद आउँछ । म ति ठेलाहरुमा मेरा जस्तै जिन्दगीका दर्पण छाया देखिरहेकी हुन्छु ।