यसरी गर्नुहोस टन्सिल भएमा घरमै उपचार

चिसो मौसम होस् वा अत्यधिक चिसो खादाँ आजकल धेरै मानिसलाई टन्सिल भइरहेको हुन्छ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ ।

टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ ।

टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ ।

तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ ।

१. नुनपानीले कुल्ला गर्ने
टन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नूनिलो पानीले कुल्ला गरे टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

२. बेसार पानी खाने
बेसारले शरीरको भित्री संक्रमणबाट बचाउन समेत प्रभावकारी मानिन्छ । बेसार आफैमा प्राकृतिक एन्टिबायोटिक हो । बेसारलाई मनतातो पानी राखेर दैनिक ३/४ कुल्ला गरेमा पनि टन्सिल कम हुन्छ ।

३. तुलसीको पात चपाउने
धार्मीक महत्व बोकेको तुलसी बहुगुणी वनस्पती मानिन्छ । टन्सिल भएको अवस्थामा तुलसीको पात मुखमा राखेर चपाएमा यसमा राहत मिल्दछ । पानीमा उमालेर खाएमा पनि तुलसीको पातले राहत दिलाउँछ ।

४. मह र दालचिनी खाने
मह र दालचिनि टन्सिलमा फाइदाजनक हुन्छन् । दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरे टन्सिलको दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

५. हर्बल चिया

टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।