संघ र प्रदेश सरकार जनमुखी भन्दापनि आफन्त र कार्यकर्तामुखी भए- अध्यक्ष भण्डारी(भिडियोसहित)

दुनै ,डोल्पा ठुलीभेरी नगरपालिका वडा नं ९ का अध्यक्ष बिर्मल कुमार भण्डारीले संघ र प्रदेश सरकारको कामप्रति असन्तुष्टी जनाएका छन । अध्यक्ष भण्डारीले प्रदेश र संघका काम स्थानीयमुखी नभएको भन्दै कार्यकर्तामुखी भएको आरोप समेत लगाएका छन ।

कुसेन्युजसंगको बिषेश कुराकानीमा अध्यक्ष भण्डारीले भने प्रदेश सरकार र संघीय सरकारका काम आफना कार्यकर्ता र आफन्तमुखी भएको भन्दै आपत्ति जनाए ।

डोल्पा भाषणमा मात्रै पिछडिएको बताए । बजेटको सन्दर्भमा सरकारको नजर पुरानै भएको भएको समेत तर्क गरे । अध्यक्ष भण्डारीले प्रदेश सरकार बिचौलीयाहरुको घेराबन्दीमा रहेकाले जनताले अपेक्षाअनुरुपको समृद्धी नपाउने ठोकुवा गरे । उनले भने जनमुखी काम के भएका छन र ? हामीले प्रशंसा गर्नुपर्ने ।

आफुले आँखा चिप्लेर कसैको अन्धो सर्मथन नगर्ने समेत बताए । आफनो पालिका र वडाको सन्दर्भमा आफु नुमुना वडा बनाउने अभियानमा निरन्तर रुपमा लागेको भन्दै एक घर एक बैगैचाको अबधारण अगाडि बढाएको बताए ।

भिडियो…