वडाध्यक्ष हत्याको छानवीन गर्न सर्वपक्षीय भेला सम्पन्न

अछाम, पन्चदेवल-विनायक नगरपालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर धामीको विभत्स हत्याको छानविन गर्न सर्वपक्षिय भेला सम्पन्न भएको छ । गत माघ २० गते विभत्स हत्या गरिएका वडाध्यक्ष धामिको हत्याको छानवीन गर्न भन्दै सर्वपक्षीय भेला सम्पन्न भएको हो ।मानव अधिकार तथा शान्ती अछामको आयोजनामा तथा अछामका सभापति हिक्मत बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति भने पन्चदेवल-विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा रहेका थिए ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख देवकोटाले गत माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्वर्गीय पदम बहादुर धामीको विभत्स हत्याको छानविनको लागी आफु र सिँगो नगर लागिपरेको बताए । उनले कुनैपनि राजनितिक दलले दलिय सिद्धान्त नहेरेर सहयोग गरिरहेको र प्रहरीको अनुसन्धान टोलीले पनि शुक्ष्म अध्ययन गरिरहेको समेत बताए । कार्यक्रममा अर्का अथिति कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश विष्टले प्रहरीको अनुसन्धान टोलीले अहिले सम्म गरेका क्रियाकलापको जानकारी गराउनुपर्ने बताए ।

त्यस्तै, नेपाली काँग्रेस अछामका क्षेत्रिय सभापति लक्ष्मण बहादुर शाहले वडाध्यक्षको हत्याको यथासिघ्र छानविन गर्नको लागी मानव अधिकारबादी संस्थाहरुले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका सदस्य शिबराज खत्री, जाल्पेश्वरी माद्यामिक विद्यालय कुईकाका प्रधानाध्यापक नवराज न्यौपाने, समाजसेवी नवराज देवकोटा, महेन्द्र विष्ट लगायतले छलफलमा आ-आफ्नो धारणा राखेका थिए ।
यस्तै छलफलमा विभिन्न व्यक्तिहरुले प्रहरी संग राखेका प्रश्नको जवाफ दिदै ईन्सपेक्टर रमेशदत्त अवस्थीले प्रहरीले निरन्तर घटनाबारे अनुसन्धान गरिरहेको र अनुसन्धानको रिर्पाेट दोसीलाई कटघरामा नउभ्याए सम्म गोप्य राखिने हाल सम्म पनि प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिब मदन कुँवरले दोशी पत्ता लगाउन मानव अधिकार तथा शान्ती समाज निरन्तर लागी रहेको बताए ।

कार्यक्रममा पन्चदेवल-विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी सम्पूर्ण वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरसभाका सदस्यहरु, नेपाल पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्री, राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु,शिक्षक व्यापारी समाजसेवी बुद्धिजिवीहरुको उपस्थिती रहेकोथियो । कार्यक्रमको सन्चलन नेपाल पत्रकार महासंघ अछामका सह-सचिब तपेन्द्र बहादुर धामीले गरेका थिए ।