बैजानाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु

नेपालगन्ज,बाँके बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित श्री प्रभात माध्यमिक बिद्यालयमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोस्रो बैजनाथ गाउपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता २०७६ शिवालय युवा क्लब बैजनाथ ५ को आयोजनामा सुरू भएको हो ।

उक्त प्रतियोगिताको उदघाटन शनिबार पुर्ब सिचाइ राज्य मन्त्री तथा सबिधानसभा सदस्य दल बहादुर सुनारले रेफृलाई बल हस्तान्तरण गरेर खेल शुरु गरे । शिवालय युवा क्लबको आयोजनामा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगितामा कुल १४ समुह सहभागी भएको आयोजकले बताएको छ ।

प्रमुख अतिथी सुनारले कार्यक्रमलाई सम्बोधन गर्दै शिवालय युवा क्लबले आगामी दिनमा पहिलो महिला फुटबल प्रतियोगिताको शुरूवात गर्न आग्रह समेत गरे । त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी बैजनाथ गाउँ पालिकाका उपाध्यक्ष शारदा बिकले स्थानीय सरकारका तर्फबाट गर्नसक्ने सहयोगमा कुनै कमि नहुने प्रतिबद्धता जाहेर गरीन ।

श्री प्रभात माध्यमिक बिद्यालयको प्राङ्गणमा शुरुभएको खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजर ६ सय ६६ रुपैयाँ द्वितीय पुरस्कार रु ४४ हजार ४ सय ४४ नगत सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने शिवालय युवा क्लबका सदस्य एव युवा समाजसेवी यज्ञ पुनले जानकारी दिए ।

एक साता चल्ने खुल्ला फुटबल प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुलाई प्रत्येक वार्डबाट सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप खसी प्रदान गरिने बताइएको छ । भने आज भएको ३५ माथिको समुह बैजनाथ ५ जि गाउँ र बैजनाथ ६ लालपुर बिचभएको खेलमा १ ० ले लालपुर बिजय भएको छ ।

अन्तमा उद्वघाटन कार्यक्रमलाई शिवालय युवा क्लबका अध्यक्ष दिपक कार्किले कार्यक्रम समापन गरेका थिए । भने कार्यक्रम शिवालय युवा क्लबका सचीव प्रेम बिष्टले सन्चालन गरेका थिए ।