बाटोहरुको अप्रेशन !

कविता

सडक किनारमा
कुनै आभागी अनाथहरु झै लाग्ने
सार्वजनिक पुटपाथका गरिब जस्ता
यी बाटोहरुमा आज
सरकार उपरबाट डोनेशन आउदैछ
सहरको विशाल अस्पतालमा
गाउँका गरिब बाटोहरुको अपरेशन हुदैछ।

त्यही अर्धबेहोस रोडमा
त्यही मोडमा
त्यहि वोर्क इन प्रगेसको(Wip)
अनि सडक किनारमा बसेर
बारम्बार म ऐले यो सोचिरहेछु सरकार
मन्जुरी पत्रहरुमा हस्ताक्षर गर्दै
इन्जिनियर र ठेकेदारहरुले
बन्दै गरेका यी पक्कि बाटोहरुको ग्यारेण्टि
लिएका छन या छैनन ?
म ऐले सोचिरहेछु
सरकार कि
बिराम यी बिचरा ती बाटोहरुको उपचार गर्न
आएका बजेटहरु
कतै गद्दारका भकुण्डे पेटहरुमा परेका त छैनन ?
जनसमुदाय !
प्रसाशनको दस्ताबेद कहाँ छन ?
धामाधम किनारबाट
बाटो बढो उत्खननको काम भैरहेछ
हो ऐले यहाँ बाटोहरुको अपरेशन भैरहेछ ।

उपचार पश्चात् भोलि बाटो होसमा आएपछि
दिनरात दौडिरहनेछ सदाबहार
अनि लगातार सरकारका चिल्ला कारहरु कुदिरहनेछ्न
भोलि बिहानै उज्यालो घामहरुमा
अनि बाटोहरु कुनै मजदुर बनेर
मालिका भरीयाहरु बोकेर निरन्तर हिडिरहनु पर्नेछैन
सायद !
नेपालाकासको पानी र बिकिरणहरुले
कुनै पनि असरहरु गर्ने छैन उस्लाइ
न जल नत प्रभाकर
सदियौ देखिको सुन्दर बन्ने उस्का रहरहरु पूरा हुनेछन
उस्लाइ सहरका सुन्दरिहरुले बिवाह वा
प्रेमप्रस्ताब आइरहनेछ ।
उ हर्दम हिस्पुट नौजवान
अनि अल्लारे नवयुवा भएर निस्कने छ
उपचार पस्चात अस्पतालबाट ब्युझिएर
उस्ले सर्वप्रथम ती जमिन्दारहरुलाइ खोज्नेछ
तिनिहरु पस्चतापमा पर्नेछन
जस्ले हिजो बाटोको किनारमा
एउटा पुटपाथको खाते भनेर बारम्बार
उस्लाइ
आफ्नु महल र मन्दिरमा बस्न बहिस्कार गरेका थिए।

उपचार पश्चात
जमिन्दारहरु उ अस्पतालबाट हातमा उपहारहरु बोकेर
अचानक आएको देखेर
यो बुज्नेछन र चकित पर्नेछन
र लज्जित हुँदै हजार पटक यो भन्नेछन कि

धन्यबाद । तिमी बाटोहरुलाइ यसकारण कि
आज मेरो लालपुर्जा भएका ती जमिनहरुको
मुल्याङ्कन हुदैछ एउटा साधरण बटुवाकै कारण

यहाँ ,बाटोहरुको अपरेशन हुदैछ
डाक्टर साब ! ती गरिब बाटोहरुको उपचार
बिस्तारै गर्दिनुहोस
कन्ट्रयाक्टर साप !
ती बिरामी बाटोहरुको अपरेशन बिस्तारै गर्दिनुस
यसकारण कि,
यदि उस्को असामयिक निधन भयो भने
भोलि उस्का परिवारहरुको
यहि बाटो भएर सहरसम्म उपचार गर्ने जाने
रहरहरु अधुरा हुनेछन
रहरहरु रुनेछ्न
रोइरहनेछन
निरन्तर
कसैका सुन्दर सपनाहरु सङ्गै
जिन्दगिभर
अनि बेसाहाराहरुले लौरो समाएर यहि बाटोहरुमा
हर्दम हिडिरहने बाटोहरु अल्बिदा
सधा सधाको लागि बन्द हुनेछन

हो ! ऐले त्यही बाटोहरुको अपरेशन हुदैछ।