प्रहरीलाई लक्षित गरी राखेको बम डिस्पोज

बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयवासी त्रस्त बनेका छन् । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।