कोरोनाका कारण इटलीमा एक जनाको मृत्यु, विद्यालय बन्द

काठमाडौं,चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ । इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चीनमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट २ हजार २ सय ३९ जनाको ज्यान गएको छ ।