आफ्नै परिवारले गर्‍यो युवतीको हत्या

दिल्ली,आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै भारतमा एक युवतीको हत्या भएको छ । राजधानी दिल्ली नजिकै २५ वर्षे ती युवतीको आफ्नै परिवारले हत्या गरेको हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै उनकै अभिभावक र परिवारका सदस्यले हत्या गरी नहरमा फालेका हुन् । घटना ३० जनवरीको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या भएकी युवतीको नाम शीतल चौधरी रहेको प्रहरीले जनाएको छ । उनको हत्यामा सलग्न भएको अभियोगमा प्रहरीले युवतीको परिवारका ४ सदस्यलाई पक्राउ गरेको छ । चौधरीलाई शुरुमा परिवारका सदस्यले अपहरण गरी हत्या गरेको र शवलाई सिकन्दरावादमा रहेको नहरमा फालेका थिए । प्रहरीले उनको हत्यामा आफ्नै परिवारका ६ सदस्यहरुको संलग्नता रहेको जनाएको छ ।

शीतलका श्रीमान्ले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीहरुले गत अक्टोबर महिनामा परिवारलाई थाहै नदिई विवाह गरेका थिए ।