युनाइटेड इन्स्योरेन्सद्धारा बिमादाबि बापतको रकम हस्तान्तरण

सुर्खेत, युनाईटेड ईन्स्योरेन्स कम्पनीले दुर्घटनामा परि मृत्युु भएका मृतकका आफन्तलाई बिमादावि बापतको रकम हस्ताक्षर गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको शाखा कार्यालयले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रा भन्ने स्थानमा दुर्घटना भएको बुलबुले यातायात प्रा.ली सुर्खेतको भे १ च १०२९ नम्बरको फोर्स दुर्घटनामा परि मृत्यु भएका मृतकका आफन्तलाई बिहीबार बिमादाबी बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका सुर्खेत शाखा प्रमुख धिरेन्द्र बहादुर शाहीले बुलबुले यातायात प्रा.ली सुर्खेतका अध्यक्ष लोकबहादुर ठाडा मगरलाई मृतकका आफन्तलाई बुझाईदिने भनि एकमुष्ट रु. १५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

उक्त दुर्घटनामा परी बर्दिया मधुवन नगरपालिका –६ का २९ बर्षिय नाम बडुवाल उनकी श्रीमति २७ बर्षिय कमला बडुवाल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका –४ तातोपानीका ५७ बषिय थिरे सुनारको मृत्यु भएको थियो ।