चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्रणको डेब्यू निर्देशनमा बनेको यो चलचित्र फागुणको १६ गतेबाट रिलिज हुँदैछ । काठमाण्डौमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना, संघर्षको कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा वुद्दि तामाङ, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदिप कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा कलाकार नीर शाह, सुशिल पोखरेल, लक्ष्मी वर्देवा लगायतका कलाकारको विशेष भूमिका छ ।

निर्देशक मिश्रले लामो समय आफूले संचार र चलचित्र क्षेत्रमा बिताएको अनुभव यो चलचित्रमा लगाएको बताए । नायिका श्रृजना सुब्बाले वास्तविक कथामा चलचित्र बनेको बताइन् ।

दीपा धरेलको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा लक्ष्मी गौतम र नानिराम फुयाँलको लगानी छ । रविन आचार्यको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।