बिहे हेर्न गएका बालक मृत फेला
प्रकासित मिति : २०७६ फाल्गुन ९, शुक्रबार १७:५२
प्रकासित समय : १७:५२
छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।
छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।