छिङ्हाङ प्रान्तका कोरोना प्रभावित बिरामी घर फिर्ता

काठमाडौं- कोरोना प्रभावित बिरामी उपचारपछि घर फर्कनेक्रम बढेको छ ।

चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् ।

शुक्रबार बिहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ ।

उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् ।