स्वर्गीय आमाको सम्झनामा !

कविता

आमा तिमि गएको दिनदेखी
गगनका ति जुनतारा चन्द्रमाहरु जस्तै
रङ्गिन सपनाहरुसङ्गै
जिन्दगिभर कैले पनि ओभानो भएका छैनन
मेरा यी आखाहरु एकदम मलिन छन।

आमा तिमिले आफ्ना हातहरुमा फुलपाती
अछेता बोकेर पुज्ने ती मन्दिरका चट्टानहरु जस्तै
बलवान् भगवानहरु
अनि तिमिले आराती उताएर बारम्बार
सास्टाङ्ग दण्डवत र नमस्कार गरिरहने
ति भडारकोठाका देबिदेवताहरुका अमुर्त तस्बिरहरु
सदाबहार एकनाश अनि स्थिर ठडिरहेछन
अनि मेरो अनुहारलाई हेदै,
ङिच्च दारा देखाएर उपहास हासिरहेछन वकवाश
आमा तिम्रो स्वर्गबास भएदेखी,
मेरो मनमा निरन्तर एउटै सबाल उब्जिरहेछ । 

आमा किन कैले पनि हाम्रो जिवनमा
हाम्रो बिस्वास र आस्थाको वास्तविक भगवान
जनम जनम सम्म जिबित रहदैनन
जसरी कि ऐले
ती लज्जित निर्जिब र भ्रमित भगवानहरु
हाम्रो परिवारमा
यो सन्सारमा सधाबहार लाचार बाचिरहेछन
हामिहरुलाइ हेरेर हर्दम हासिरहेछन ।

आखिर किन त्यसरी नै
सात जनम जनमसम्म रहदैनन
हाम्रा पबित्र मनमन्दिर भित्रका सात्छ्यात देवताहरु
किन कम उमेरमै टाडा जान्छन हामिहरुलाइ छाडेर ?

आमा तपाईं गएदेखी,
धर्तिको कोख रित्तिएको छ
बिहानै हाम्रो घरागनमा आएर
अनि दिनभरी रमाएर उफ्रीरहने
कसैका साना)साना नानिहरु जस्ता
ती रङ्गिन चराहरु पनि
प्रबाशको रित्तो छितिजमा भासिएका
एक नेपाली नौजवान सपनाहरु झै गरेर
सधा सधाको लागि आकास हराएका छन ।

आमा तपाईं गएदेखी,
यि गैरिखेत यो हरियो करेसाबारी,
यो रङ्गिन फुलबारी पनि एकदम मलिन मलिन
भएको छ
आमा तपाईं नभएदेखी
भबिस्यको गर्व बोकेर बाचिरहेका
अनि हर्दम
हासिरहेका किसानका यी उर्बर जमिनहरु पनि
बर्तमानमा कसैको धर्मपती मरेर
चीत्कार चरक्क चिरा परेर
चिरिएका निधारका तक्दिर
र कसैको शिरको उजाड सिउदोको झै गरेर
मधुर मधुर भएका छन ।
आमा तपाईं गएदेखि,
हजुर सङ्गसङ्गै हाम्रा भबिस्यहरु गएका छन ।
आमा तपाईं नभएदेखि,
हाम्रा घरका सबै जना अपाङ्ग भएका छन।

आमा तपाईं हराएदेखी ,
दानवीर र मन्दिरका धर्मभक्तहरु पनि हराएका छन
घरपरिवार १
अनि यो पृथ्बिका सारा चराचर प्राणिहरुले
अपरम्पार दुखपिर पाएका छन।

अधेरीमा पाखा पखेरीमामा घुमिरहने उज्यालो
जुनकिरिहरु पनि आउन छाडेका छन
गगनमा पन्छिहरु उड्न छाडेका छन
परेवाहरु बन्धनमा थुनिएका छन।

कुखुरिको काखमा आएर
चल्लाबचेराहरु सधै चिउचिउ गर्दिए
हिजोआज त अध्यारोमा परालको कुन्युमा आएर
चिलको सन्त्रासले सुतिरहेछन
सधैसधै लागि निदाइरहेछन
सायद,उनिहरुको पनि एउटा पुरानो
अनि अति लामो सपना
र उत्कट अभिलाषाहरु छन
कि स्वार्णिय सप्नाहरु देख्ने

र तीनै स्वर्णिम र असन्त्रीप्त सप्नाहरुमा
आफ्नि आमालाइ भेट्ने
उस्का असङ्ग्ख्य अभिलाषाहरु छन।

आमा तपाईं गएदेखी
यो इन्सान आफ्नु पहिचान र नामथर नै बिर्सिरहेछ
आमा तपाईं नभएपछी,
अन्जान कोहि आफ्नु घर नै बिर्सिरहेछ ।

आमा आज तपाईं उ…परको
परिचित खोलाधार र बगरको किनारबाट उठेर
अनि बादल बनेर
त्यो टाढाको छितिजमा हराएदेखी
हरेक पल आज यो सिङ्गो सन्सार
तिमिलाइ नै पर्खिरहेछ
बारम्बार तिम्रै मात्र नाम लिएर
कोहि त्यही ठाममा तिमिलाइ खोजिरहेछ

आमा तपाईं नभएदेखी,
भगवान कसम !
त्यो आकासको घाम पृथ्बीमा आएर पनि
परम-धाम फर्किरेछ
बिस्वास लाग्दैन सायद ..

आमा गएदेखी,
निरन्तर नेपाल आकास रोइरहेछ
इतिहासमा आमा हराए देखी
भगवान कसम
यो देसको बर्तमानमा बाचिरहेको
सन्तान सहिदका सपनाहरु
अनि आफ्ना हरेक सासहरुमा
आज तिमिलाइ नै खोजिरहेछ ।

आमा तिमी स्वर्गबास गएदेखि
यो जिन्दगी यो संसार नर्क जस्तै भएको छ
आमाको काख हराएदेखी सडक किनारमा
कोहि रोइरहेका छन
आमा तपाईं सहिद भएदेखि
यो देसका होनाहार सपुतहरु टुहुरा भएका छन ।

यो मुलुकका कर्णधारहरु
केवल परिवारबिहिन मात्र हैन कि
सिङ्गो सन्सार हराएको छुकुम्बाशी जस्तै गरेर
अनि आफ्नै जन्मसिद्द अधिकार खोसिएर
यो देसमा रास्टृयताबिहिन भएर बाचिरहेछन ।

आमा परलोक गएदेखि
यो सिङ्गो संसारमा शोक छ आज
मध्यरातमा आत्मा बनेर तिमी
यादहरुमा आउछौ कि भनेर
अन्जान कोहि आज तिमिलाइ
त्यो चिहान त्यही खोलाको किनारमा खोजिरहेछ
फर्किए आउ आमा
आज तिमिलाइ यो सारा सन्सार पर्खिरहेछ।

आमा तिमी नभएको दिन देखी
यो सन्सारकै सबैभन्दा ससक्त चित्रकार
त्यो पर्मेश्वर आज फेरि पनि
कसरी अर्को रङ्गिन सन्सार कोर्न भनेर
बारम्बार क्यानभाषमा कल्पना गरिरहेछ ।

आमा तिमी गएको दिनदेखी
यो जगदिस्वर
अर्को एक सुन्दर सृस्टिको सिर्जना गर्न बिचाराधिन छ
यो सरकार१यो ठेकेदार यो लेबर
हरपल कसरी अर्को नबिन घर बनाउने भन्नेमा तल्लिन छ ।

आमा तिमी हराएको दिनदेखि
आमा उ अझै अलमलमा छ
आमा स्वयम तिम्रो कसम !

यो परिवार अनि हर्दम लाचार बाचिरहेको
यो सिङ्गो सन्सार नै सौन्दर्यबिहिन छ ।

…….
तिमिबिना यो धर्तिको प्रकाश मधुरो भएको छ
आमा आज……
तिमी बिना सृस्टिको सुन्दरता अधुरो भएको छ

जुन सौन्दर्यता म ऐले मेरा कबिताका
हरेक हरफ हरफहरुका शब्दशब्द र सम्झनाहरुमा

अनि जुन पुर्णता र आशिर्बाद
म ऐले इतिहासको पानामा
निरन्तर खोजिरहेछु,आमा तिमि हराएको दिन देखी…

सायद, म बाचिरेको यो युग
अनि खोजिरहनेछु अब एक शताब्दीसम्म तिमिलाइ

रतुवामाइ८ मोरङ्ग
सम्पुर्ण स्वर्गीय आमाहरुमा समर्पित