चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरको परीक्षण गरिएका १ सय ७५ जनामा नै कोरोना नेगेटिभ भएको पाइएको जनाइएको हो ।

चीनबाट ल्याएकालाई आइबार बिहान भक्तपुरस्थित खरिपाटीमा राखिएको छ ।

उहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो ।