मेरो छोरोले उपचार कैले पाउछ ?

कविता

तपाइको न्यायलयको दर्वाजाहरु बन्द गरेर
मेरो बयान आफ्नाे कान थापेर
बढो ध्यान दिएर सुन्नुहोस डाक्टर साब !

मेरो छोरो निर्दोस छ
मेरो छोरो जो:भर्खर कक्षा आठमा पढछ
बर्ष १४
राम्ररी नै खान्छ
राम्ररी नै सुत्छ
हरेक रात
आठ घन्टा सुत्छ
उमेर चौध
तर
दिमाग अबोध
पाच बर्षको बच्चा जस्तो छ
नबजात बालक जस्तो
हरेक अन्धकार रात
एउटा अग्लो दरवार जान्छ
र मलाइ उपर पर्मेश्वरले
बचाउनुहुन्छ भन्दै
बारम्बार
माथिबाट हम फाल्न खोज्छ
यो कस्तो इस्वरिय अघाध प्रेम हो उस्को?
यो कस्तो भगवान भरोसा भक्ति
र बिस्वास हो उस्को?

उ धर्मसस्कार र मानवता के हो त्यो जान्दैन
तर
देवता मान्छ
यो कस्तो आस्था हो उस्को?
खाली
हे! प्रभु
प्रभु मात्र भन्छ
स्कुलमा पनि खाली चकचक गर्छ
उस्कै स्कुलको टिचरको सल्लाह अनुसार
आफ्नु घर खेत
जमिन्दार र बैकमा बन्धकी राखेर
हामी गाउबाट
ऐले उस्को उपचार गर्न सहर आएका छौ
डाक्टर साप
हामी गाउँबाट आएका गरिबहरु हौ ।

डिप्रेशन अटिजम ब्रेन ट्युमर
के भएको हो डाक्टर
मेरो छोरोलाइ
के भएको हो भन्दिनुहोस
के तपाइको यो विशाल अस्पतालको
परिछ्यणले पनि पत्ता नलाग्ने
यो कस्तो रोग बिराम
लागेको हो मेरो छोरोलाइ ??

आखिर किन कुनै पनि अस्पताल भन्दैन कि
तेरो छोरोलाई यो भएको हो भनेर
आज बिग्यानको आबिस्कारसङै
क्यान्सरको पनि उपचार सम्भव भो
एड्स र अटो इम्युन डिजिजको पनि
उपचार सफल भो
तर किन
डाक्टर
मेरो छोरोको भने
रोग समेत पहिचान हुन सकेन
आज बिग्यानको अबिस्कार सङ्गै
हर रोगको उपचार भएको छ
जर्जर समस्याको पनि निधान भएको छ
निरन्तर समाधान भएको छ
भगवान
हर रोगको निदान भएको
तर किन
उस्को चाहिँ रोग समेत पहिचान हुन सकेन
डाक्टर साब?

मैले इलाजकै लागि छोरोलाइ
इन्डिया पाकिस्तान पुर्याए
इयण्टि न्युरो अस्पताल पुर्याए
मैले इलाजकै लागी
मेरो छोरोलाइ
टिचिङ्ग मेट्रो हस्पिटल पुर्याए
मैले नेपालको हर हस्पिटल पुर्याए
मेरो छोरो अब पक्कै पनि पागल भएको हो
भनेर मैले अब केवल राची मात्र पुर्याउन बाकी छ
डाक्टर साब
बाकी छ
खेलाची हैन डाक्टर
मैले मेरो निर्दोस छोरोलाइ हर हस्पिटल पुर्याए
डाक्टर साब
हर हस्पिटल
धाए
तर
खै!
मैले न्याय चै कहा पाए
डाक्टर खै कहाँ पाए ?

आज मलाइ जगत इस्वरको मन्दिरमा बसेर
स्पस्ट बलालत
गर्दिनुहोस डाक्टर
मेरो छोरो निर्दोष छ
के अब उस्को इलाज हुन्छ कि हुदैन
हाम्रो अधिकार
उस्को उपचार हुन्छ कि हुदैन
के अब,
मेरो निर्दोष छोरोले न्याय कैले पाउछ
मेरो प्रश्नको जवाफ कैले आउँछ
मेरो छोरोले इन्साफ कैले पाउछ ?

मेरो छोरो ऐले दवाइ नखाइ सुत्नै सक्दैन
बिगतमा हिस्सी परेको उस्को अनुहार
झनझन किन गुमनाम भो
हिजो हिस्सी परेको उस्को सुन्दर अनुहार
आज हराएको छ
डाक्टर यो कस्तो इलाज हो
दवाइ खुवाएको आज चार बर्स भो
डाक्टर यो कस्तो दवाइ चलाइदिनु भो यार तपाइले
गोदाममा ऐले सम्म मैले दुई बोरा दबाइ फ्याकिसके
ब्यहपार भन्दा बाहिर बसेर
भावना भन्दा बाहिर रहेर
आज मेरो प्रस्नको उत्तर
मेरो सवालको जवाफ
यो अस्पतालमा
मेरा यी घायल आँखाहरुमा हेरेर
मेरा यी मलिन अनुहार हेरेर
आज मलाइ सत्य कुरा भन्दिनुहोस डाक्टर
आखिर
मेरो छोरोलाइ भएको चाहिँ के हो ?

इल्जाम लगाएर गद्दारहरुबाट
बेकसुर कारागारमा थुनिएको
बेकसुर कारागारमा कुजिरहेको
कुनै निर्धो
बेहोस बच्चा
जस्को आजादीहरु लागि
जस्को चेतनाहरुको लागि
आफ्नु सारा जिन्दगी बन्धकी
राखेर
कठघराहरुमा जैन्मकैद
हातकडीहरु लगाएर
आफ्नु सारा होसहवासहरु गुमाएर
जिवनभर म बेहोस बस्न पनि सक्छु
इन्सपेक्टर साब
मेरो छोरो जिवनभर हस्पिटलमा फसेको छ
मेरो छोरो जिन्दगिभर हस्पिटलमा बसेको छ
उस्लाइ उन्मुक्ती दिनुहोस डाक्टर?

म उस्को उपचारमा मेरो सिङ्गो सन्सार बेच्न सक्छु
तर
मेरो परिवार झनझन पिडित भो
डाक्टर
यदि ,उपचार असम्भव भए
लाज नमानी आज भन्दिनुहोस
म इलाज गर्न सक्दिन भनेर
भन्दिनुहोस म सक्दिन भनेर
डाक्टर मेरो छोरोलाइ के भएको हो
भन्दिनुहोस
बरु म उपचार गर्न सक्दिन भनेर

बरु घर फर्काएर
म मेरो तक्दिरलाइ धिक्कार्नेछु
अब म मेरो छोरो
माया मार्नेछु
र म अब उस्लाइ बरु स्वदेसमै घर गृहस्थिमै त्याग्द गर्नेछु
डाक्टर भन्दिनुहोस
मेरो उत्तर दिनुहोस
मेरो छोरोलाइ आखिर के भएको हो
र अब यो सन्सारमा उस्को उपचार सम्भव छ कि छैन ?

डाक्टर
म उस्कि आमा हुँ 
मेरा आखाहरुमा हेरेर भन्नुस
म उस्कि आमा हु
मेरो छोरालाई बचाउनुहोस
बरु म
उस्लाइ अब उस्कै पबित्र जन्मभुमिमा
उस्कै मातृभुमिहरुमा
नेपाल आमाको असन्तृप्त सपना
र आँसुहरुमा अर्पण गर्न सक्छु
आजिवन उस्लाइ यहि आत्मसमर्पण गर्न चाहन्छु।

किन कि,
उ एउटा होनाहार
यो देसको उ एक कर्णधार हो सरकार।

बारम्बार म सुनिरहेथे
बर्वर आँसुहरु बनाएर
जर्जर आवाजहरु सहित
आज एउटि दुखित
अनि अभागी आमा
इलाज अनि उपचारकै लागि
हण्डर खाएर
हजार पटक
अस्पताल आएर डाक्टर सङ्ग
बारम्बार हार गुहार मागिरहिथिन
र मागिरहिन लगातार।

जसरी कि अदालतमा
एउटा पिडित
अनवरत इन्साफ मागिरहन्छ ।

~शान्तिपुर-मोरङ्ग
~बिरामिको आमाको बयानको आधारमा