जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप सुरु

नेपालगन्ज, बाँकेको जानकी गाउँपालकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दास्रो गाउँपालका अध्यक्ष कप औपचारीक रुपमा सुरु भएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुरकाे जानकी बिद्यालयमा मंगलबारबाट औपचारीक रुपमा सुरु भएको हो ।

करिब तिन दिनसम्मा चल्ने कपमा गाउँपालिकाका बिभिन्न ३० बिद्यायलयबाट प्रतियोगिहरुले भाग लिएको बताइएको छ ।

कपलाई उद्यघाटन गर्दै प्रदेश सासंद बाबुराम गौतमले खेलक्षेत्रको बिकासले मात्रै मुलुकको समृद्धीको ढोका खोल्ने बताए । उनले भने बिद्यार्थीको क्षामता बिकासका लागि यस्ता प्रतियोगिताहरु आबश्यक रहेको जिकिर गरे । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनिवासले गाउँपालिकाको बिकासको लागि आफु सबै ढंगले लागिपरेको धारण राखे । उदघाटन कार्यक्रममा उपाध्यक्ष भुमिसरा धिताल लगायतका बिभिन्न तहका ब्यक्तित्यहरुको सहभागिता रहेको थियो ।