किन भनिन् यस्तो रणवीर कपूरसँगको बिहेबारे आलियाले

मुम्बई ,पछिल्लो समय आलिया भट्ट र रणवीर कपूरको अफेअरको चर्चाले बलिउड गर्माएको छ । यी दुईले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । रणवीर र आलियाका परिवार पनि यी दुईको प्रेममा सहमति जनाएका छन् ।

खबरका अनुसार ‘ब्रह्मास्त्र’ को रिलिजपछि यी दुईले बिहे गर्नेछन् । हालै बिहेबारे बोल्दै आलियाले भनिन्, ‘मलाई नै थाहा छैन कि, आजभोलि कुन हल्ला चलिरहेको छ, मलाई लाग्छ, हरेक ३ हप्तामा मेरो बिहेको चर्चा चल्ने गर्छ ।’

आलियाले यस्ता हल्लालाई मनोरञ्जनका रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् । भन्ने गरिन्छ कि, ‘ब्रह्मास्त्र’ को शूटिङको दौरान आलिया र रणवीर नजिकिएका थिए । यी दुईबीच प्रेम पनि भएको थियो ।

पहिले यी दुईले आफ्नो सम्बन्ध हल्ला मात्र भएको बताउँदै आएका थिए । आलियाले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘यो कुनै रिलेशनशीप होइन, हामी साथी मात्र हौं ।’ अहिले भने रणवीर र आलियाले प्रेममा रहेको संकेत दिएका छन् । तर, यी दुईले बिहे कहिले गर्दैछन् भन्ने चाहिँ खुलाउन चाहेका छैनन् ।