सिप सिक्दै आयआर्जन गर्दै नोबेलका विद्यार्थीहरु

कोहलपुर, बाँकेको कोहलपुरस्थीत नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजका बिद्यार्थीहरु आयआर्जन मुलक सिप सिकिरहेका छन । कोहलपुर ११ मा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजमा भेटेरिनरि जेटिए कार्यक्रम अध्ययनरत विध्यार्थीहरुले सिक्दै कमाउदै भन्ने नाराका साथ कुखुरा फर्म उद्घाटन गरेका हुन ।

। उक्त फर्म उद्घाटन कलेजका कार्यकारी निर्देशक श्री रत्न बहादुर चन्द र सोहि कलेजका प्रशिक्षक श्री बुद्धि बहादुर थापाले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रिन्सिपल श्री पुर्ण प्रसाद शर्माले विध्यार्थीहरुलाई पाठ्क्रम अनुसार एचबअतष्अब गर्न सहज हुने र व्यवहारीक सिप प्राप्त भई पढी सकेपछि विद्यार्थीहरुले आफैले स्वरोजगार हुने गरि व्यवसाय गर्न सहज हुने बताए ।

विध्यार्थीहरु आफै फर्मको संचालक हुन पाउदा खुसि हुदै व्यवहारीक ज्ञान प्राप्त हुने र पछि गयर आफै फर्म संचालन गर्ने बताए । अहिले सुरुमा ५०० ओटा बोईलर कुखुराका बच्चा हालियको छ यो सबै लगानि विद्यार्थी शिक्षक र कलेज मिलेर गरेका छन् विद्यार्थीहरुको रुटिन अनुसार काममा जोडिने बताए ।