कोहलपुरमा ट्राफिक व्यवस्थापनमा चुनौती र उपायहरु

न्यूनिकरण गर्न के गर्ने

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार हो कोहलपुर । यहाँका मानिसहरुको सभ्य र सरल व्यक्तित्वको पनि पहिचान दिन्छ सडकले । सडक निर्माण पछिल्लो समय सबैको मुख्य एजेन्डा बन्ने गरेको छ । जति सडकको विकास भयो त्यति नै सवारी साधनहरुको चाप बढ्दै गएको छ । सवारी साधनहरुको चापसँगै दुर्घटना बढ्दै गएको छ ।

सवारी दुर्घटना एक समस्याको विषय बन्ने गरेको छ । अल्पविकसित तथा विकासशील देशहरूमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । जसमा नेपाल पनि एक हो । हाल नेपालमा एक दिनमा सरदर ७÷८ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् भने प्रदेश नं ५ मा दैनिक २ जनाको दरले ज्यान गुमाइरहेको तथ्यांक विभिन्न समाचार माध्यममा पढ्न र सुन्न पाइन्छ । दैनिक यसरी दुर्घटनामा परी मृत्यु हुनु गम्भीर र चूनौतिको विषय हो ।

ुवारी देर्घटनालाई समयमा नै नियन्त्रण गर्न नसके भविष्यमा देश नै ठूलो समस्यामा पर्ने कुरामा दुई मत नै छैन । यातायात व्यवस्था विभागले पनि अहिलेसम्म कुनै नयाँ योजना ल्याउन सकेको छैन । भएका कानून पनि कार्यन्वयनमा ल्याउन जाँगर चलाउन सकेको छ ।

प्रदेश नं. ५ का १२ जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार चार सय ४० वटा सवारी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परी ९ सय ३३ जना गम्भिर घाइते भएका छन् । यहाँ न त ट्राफिक प्रहरीको ध्यान पुगेको छ न त यातायात व्यवसायीको । बिहान एउटा मान्छे घरबाट निस्किएर साँझ घर फर्किन्छ फर्किदैन थाहा हुँदैन । अभिभावकहरुलाई कलिला बालकहरु विद्यालय गएका घर आउँछ कि आउँदैन भन्नु एक चिन्ताको विषय हो ।

सवारी साधनहरुको चापसँगै सवारी व्यवस्थापनमा पनि बिशेष ख्याल गर्नु पर्ने देखिन्छ । बिस बर्ष पहिलाको नियम कानुन र तरिका अहिले पनि उस्तै छ । समय अनुसार परिवर्तन हुन नसक्नु सवारी दुर्घटनाको मुख्य समस्या हो ।

ट्राफिक नियम कार्यान्वयन चुनौति

नेपालको कानून दैवले जानून भन्ने उखान सबैले सुनेकै छौं । कोहलपुरदेखि नेपालगञ्ज जाने सडकखण्डमा सवारी चालकले पालना गरेको नियम र पैदल यात्रुले सडकमा देखाउने व्यवहारबाट सजिलै अनुमान गर्न सकिन्छ यहाँको सभ्यता र संस्कार । यहाँ न त ट्राफिकहरुले नै तिव्र गाडीलाई रोकेका छन् न सवारी चालकले नै ।

प्रत्येक सवारी साधनहरु आफुखुसी चलेका देखिन्छन् । कुन स्थानमा रोक्नु पर्दछ भन्ने नै थाहा नभए जस्तो गरेर सवारी साधनहरु रोकिरहेका हुन्छ । जेब्रा क्रसको मतलव छैन । गाडीको गतिमा कुनै नियन्त्रण छैन । जेब्रा क्रसका यात्रुहरुको वेहाल देखिन्छ । झोला तानातान र धकेलाधकेलले यात्रुहरु पीडित देखिन्छन् ।

विकसित राष्ट्रहरुमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनका लागि सरकारले उच्च प्राथमिकता दिएका हुन्छन् । ती देशहरुमा ट्राफिक व्यवस्थापनका राज्यको अनुशासन कानून ट्राफिक नियमलाई कडाइका साथ पालन गर्ने अन्यथा पालना नगरे कारबाहीको भागिदार भइन्छ भन्ने शिक्षा पनि प्रयोग गरेको देखिन्छ । जसले गर्दा त्यहाँका मानसिकताको विकास युवा अवस्थाबाटै सुरु भएको हुन्छ त्यसकारणले ट्राफिक नियम उल्लङ्घन गर्न चाहादैनन् ।

यता नेपालमा भने सडक वारपार गर्नेका लागि जेब्रा क्रिसिङ्गबाट सडक क्रस गर्नुपर्दछ भन्ने जनचेतना पनि नभएको जस्तो देखिन्छ । उदारणका लागि कोहलपुर देखि नेपालगञ्ज सडकखण्ड लिन सकिन्छ । सवारी व्यपस्थापनको कन्तिविजोक हेर्न टाढा जानै पर्दैन कोहलपुर चोकदेखि चपरगौढीको पुलसम्म हेरे पुगिहाल्छ । भिरालो

यहाँका मानिसहरुले सडक भनेको घरको आगन जस्तै मानेका हुन्छन जुन खेल्नका लागि बनाइएको हो । विगतदेखि कोहलपुरमा खुला सडक, तीव्र गति, मनपरी बाटो काट्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने तथा पर्याप्त लाइटिङको कमी छ जसले सडक दुर्घटान बढाएको छ । त्यतातिर सम्बन्धित निकाएको आँखा गएको छैन ।

पैदलयात्री र सवारी चालकको भूमिका

कोहलपुरमा पैदलयात्रीहरु सडकमा जथाभावी हिडिरहेको देखिरहेका हुन्छौं । जेब्रा क्रिसिङ्ग भन्ने नै थाहा नभए जस्तो गरेर । पैदलयात्री मनपरि सडकमा वारपार गरिरहेका हुन्छन् । सवारीले ठक्करदियो भने सवारी चालकको दोष आउँछ तर त्यँहा पैदलयात्रीको दोष हुँदैन । पैदलयात्रीले आफुले कुन क्षेत्रबाट बाटो काट्नु पर्ने हो ध्यान दिन जरुरी देखिन्छ ।

ट्राफिक नियमबारे सर्वसाधारणहरुलाई जनचेतना आवश्यक हुन्छ तर यसो देखिएको छैनन् । मोटरसाइकल चालकलाई भने मादक पदार्थ सेवन गरेर कुनैपिन सवारी साधन नचलाउ, मोटरसाईकलमा तीन जना सवार नगरौं, हेलेमेटको प्रयोग गरौ जस्ता कुराहरु सचेतनामा अभियानमा चलाउँने गरेको पाइन्छ तर प्रभावकारी हुन सकेको छैन ।

ट्राफिक प्रहरीको मुख्य काम ट्राफिक नियम पालना गराउनु नै हो, किनकि चालकलाई ट्राफिक शिक्षा, नियम–कानुन पढाउनु । नियम–कानुनबारे चालकले लाइसेन्स लिनु अगावै ज्ञान हासिल गरिसकेको हुनुपर्छ । विकसित मुलुकमा कसैले ट्राफिक नियम उल्लंघन गरे भने त्यसलाई कानुनको दायरामा ल्याउन हेलिकप्टरसम्म पनि प्रयोग गरेर नियन्त्रणमा लिइन्छ । कडा ट्राफिक नियमले गर्दा त्यहाँका नागरिकहरू आफंै पनि ट्राफिक नियमप्रति निकै सतर्क हुन्छन् । तर नेपालमा ट्राफिक प्रहरी कडा रुपमा नलाग्दा दैनिक मानिसले ज्यान गुमाइरहेका छन् ।

यहाँ कानून त बलियो भयो तर कार्यान्वयन भने कमजोर भयो । यस्तै संस्कार रहिरहने हो भने नेपालमा कानून कार्यान्वयनमा आउन निकै समय लाग्ने देखाउँछ । अधिकांश क्षेत्रमा जेब्रो क्रिसिङ्गमा कलर गैसकेको देखिन्छ तर यसमा कलर लगाउनुपर्दछ भन्ने कुरामा ट्राफिक, यहाँका सरोकारवाला तथा जनप्रतिनिधि कुनै चासो देखिदैन ।

दिर्घकालिन रुपमा ट्राफिक व्यवस्थापन

बाँकेमा मात्र नभई हाम्रो देशको ट्राफिक व्यवस्थापन, चालकहरूको चेतना र सडकमा यात्रुले पालना गरेका नियम हेर्दा देशको शासन व्यवस्था र कानुनी राज्यको चित्रण सजिलैसँग गर्न सकिन्छ । अनुशासन देशको सुशासनको मेरुदण्ड हो भन्ने बिर्सेर नियम–कानुन जति उल्लंघन गर्न सक्यो, त्यसैलाई नै स्वतन्त्रताको उपभोगका रूपमा व्याख्या गर्ने परिपाटीले आज ट्राफिक व्यवस्थापन भद्रगोल स्थितिमा पुगेको छ ।

ट्राफिक नियम पालना गराउने जस्तो संवेदनशील क्षेत्रमा जनचेतनामूलक कार्य व्यवस्थित नगरी यातायातमा विभिन्न दलको भ्रातृ संगठन हावी भएको देखिन्छ । त्यसैले सुरुदेखि नै युवा पुस्ता, जो देशका भविष्य हुन्, तिनलाई देशको कानुन नमाने सजाय पाइन्छ भन्ने सन्देश दिन आवश्यक देखिन्छ । तर कुनै पनि निकायबाट यसको परिपालन हुन नसक्नुले अधिकांश युवामा जे गरे पनि हुन्छ भन्ने सोच विकसित भएको देखिन्छ । यसमा ट्राफिक प्रहरी सरकारको स्पष्ट नीति नहुनु, प्रहरीभित्र आर्थिक प्रलोभन पर्नु, कहिले ट्राफिक प्रहरी प्रमुखहरूले आफूखुसी नयाँ–नयाँ कार्यक्रम ल्याई सामाजिक सञ्जालमा क्षणिक हिरो बन्ने परिपाटीले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन हुन नसकेको देखिन्छ ।

न्यूनिकरण गर्न के गर्ने

सडक दुर्घटना हुने प्रमुख कारणमा सडक, सवारीसाधन र चालकको अवस्था मुख्य हुन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावर र यात्रुपनि पर्छन् । त्यसैकारण दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर पुग्दैन । कोहलपुर नगरपालिकाले सडकमा सडकमा अवरोध र छरपस्ट निर्माण सामग्रीहरू हटाउने सूचना जारी गरिहेको छ तर यो सूचनाको बेवास्ता गर्दै आइरहेका छन् ।

यहाँ ट्राफिक प्रहरी भने मौन देखिएको छ । यसमा नियमनकारी निकायले समयमा नै ध्यान दिएमा सडक दुर्घटना कम हुन्छ । नेपालगञ्ज कोहलपुर सडक खण्डमा सिसि क्यामरा जडान अझै हुन सकेको छैनन् यसले पनि दुर्घटनालाई अझै बृद्धि गरिरहेको छ । सिसि क्यामरामार्फत कुन सवारी साधनले के गल्ती ग¥यो भन्ने थाहा पाउनुको साथै सहजै कार्वाहीको दायरामा ल्याउन सकिन्छ ।

१. सवारी चालकको उमेर र शिक्षाको पनि दुर्घटनाको प्रमुख पक्ष हो । सवारी चालकको उमेर २५ वर्ष राखिएमा यसबेलासम्म चालक अनुभवी र परिपक्व भई दुर्घटना न्यूनीकरणमा टेवा पुग्छ ।

२. चालकले चप्पल लगाएर सवारी चलाउनु पनि एक हो । सवारी चलाउँदा अचानक ब्रेक लगाउनुपर्दा चप्पल अल्झेर ढिला गरी ब्रेक नथिचिनु, ब्रेक सेकेन्ड अघि वा पछि लगाउनाले जीवन–मरणकैकारण बन्न सक्छ ।

३. ट्राफिक नियम उल्लंघन गरे बापत हालको जरिवाना ५ सयदेखि १ हजार ५ सयसम्म छ । जरिवाना न्यून हुँदा ट्राफिक नियम उल्लंघन गर्ने सम्भावना बढ्नगई दुर्घटनाका सम्भावना पनि बढेको छ । जरिवाना रकम १ हजारदेखि ३ हजारसम्म गरिए चालकहरू ट्राफिक नियम उल्लंघनमा सतर्क हुनेछन् ।

४. सार्वजनिक स्थलहरुमा सिसि क्यामरा जडान गरिएको छैनन । सार्वजनिक स्थलहरुमा सिसि क्यामरा जडान गरियो भने चोरी लुटपाथ जस्ता अनैतिक क्रियाकलाप बन्द हुनसक्छन् ।

५. नेपालगञ्ज कोहलपुर सडकखण्डमा सडकमा राखिएका डिभाइडरहरु रोडबाट दायाँबायाँ सार्ने र सडक दुर्घटनामा समेत असर परिरहेको देखिन्छ । सबैभन्दा बढि पसलको अगाडि डिभाइडरहरु सारेको देखिन्छ । यस्ता कार्यहरुलाई बन्द गरी दुर्घटना न्यूनिकरण रोक्न सकिन्छ ।

६. ट्राफिक चिन्हहरू, सार्वजनिक सवारी साधनहरूको अनधिकृत पार्किङ, सार्वजनिक सडकमा सवारी चलाउन सिक्ने जस्ता गतिविधिले पनि सडक दुर्घटनासँग प्रत्यक्ष सरोकार राख्छ । यसतर्फ पनि ट्राफिक प्रहरीले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

७. दुर्घटनाका कारणमध्ये ब्रेक फेल र स्टेरिङ फेल हुनु पनि हो । यस्ता संवेदनशील उपकरणहरूको मर्मत–सम्भार हामी समस्या आएपछि मात्र गर्छौं । तसर्थ सार्वजनिक यातायातका साधनहरूले ३ महिनामा १ पटक ब्रेक र स्टेरिङ सिस्टमको चेकजाँच अनिवार्य गराउने र रेकर्डसमेत राख्ने व्यवस्था गर्नुपर्छ ।