साम्राज्ञीको ‘मारुनी’ लण्डनमा प्रदर्शन गरिने

काठमाडौं , नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म ‘मारुनी’ लण्डनमा भएका नेपालीबीच चलचित्र प्रदर्शन गरिने भएको छ । निर्मात्री पुनम गौतमले फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको जनाइन् ।

 

यसअघि फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही देशमा प्रदर्शन गरिएको थियो । अब लण्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका लागि नायिका साम्राज्ञी शाह र निर्मात्री पुनम गौतम २३ फेब्रुअरीमा लण्डन उड्ने कार्यक्रम छ ।

निर्मात्री गौतमले लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको बताइन् ।फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञीका अलावा रेविका गुरुङ र पुष्पल खड्काको शीर्ष भूमिका रहेको छ ।