अष्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार

काठमाडौं , अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ ।

क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ ।

रोयल व्रिजवेन महिला अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि ती युवा फरार छन ।