मेरा फिल्मले समाजको अवस्था बोलेका हुन्छन : रेखा थापा

दाङ , नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले आफूले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने गरेको बताइन्।

चलचित्र पत्रकार संघ नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायिक थापाले आफूले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा महिला-पुरुष बराबरकै हैसित बनाउन सक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आएको बताइन्।त्यसैगरी उनले फिल्म क्षेत्रमा पनि अनुभवको आवश्यकता भएको बताइन्।

नायिका थापाले भनिन्,‘अरु क्षेत्रमा काम गर्दा जसरी अनुभव भएकालाई पहिलो प्राथमिकता दिइन्छ। त्यसरी नै फिल्म क्षेत्रमा पनि अनुभवीलाई विशेष स्थान दिइए नेपाली सिनेमाले ठूलो फड्को मार्नसक्छ।’ साथै नायिका थापाले हाल रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष भएर आउने कुनै चाहना नभएकाले अहिले चर्चामा रहेका मध्येबाट बोर्ड प्रमुख जो भए पनि आफूलाई स्वीकार्य हुने समेत बताइन्। त्यसैगरी उनले गिरिजा बाबु र प्रचण्डको राजनीतिबाट प्रभावित भएर आफू पनि राजनीतिमा होमिएको समेत बताइन्।