जानिराखौं हेल्लो भन्न कहाँबाट सिक्यौं

काठमाडौं ,टेलिफोनमा बोल्दा सबै भन्दा पहिला हामी हेल्लो भन्दै सम्बोधन गर्छौ ।

तर यो शब्द कहाँबाट सुरु भएर हामिले कसरी बोल्न सिक्यौं त ? यसबारे अधिकांश मानिसहरु जानकार छैनन । ‘हेल्लो’ शव्दको आविष्कार मानिसहरुबीच आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । जुन अहिले संसारभरका सबै भाषीहरुका लागि पनि साझा शब्दको रुपमा विकसित भएको छ ।

फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा ‘हेल्लो’ भन्ने शुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले मात्र फोनको आविष्कार मात्र गरेनन्, फोनमा बोलिने ‘हेल्लो’ शब्दको पनि आविष्कार गरेका हुन।

वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई धेरै माया गर्दथे र ‘हेल्लो’ भनेर बोलाउँथे । त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शब्द नै ‘हेल्लो’ निस्कियो । उनले फोनमा पहिलोपटक ‘हेल्लो’ शब्द उच्चारण गरे, जुन एउटा मानक बन्यो ।