यसरी मनायो विप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस

अछाम, बिप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस तथा बिबिध सास्कृतिक कार्यक्रम गरि मनाएको छ ।अछामको ढकारि गाउपालिका २ हिच्मामा साँस्कृतिक कार्यक्रम गरि मनाएको हो ।

दिउसो १२ वजेवाट वाजागाजा सहितको नारा जुलुस सुरु भएको थियो । र्यालिको लगतै सामना सास्कृतिक परिवार केन्द्रीय टोलिलाई जनता र जिल्ला पार्टीले स्वागत गरेको थियो । जिल्ला समिति सदस्य जगतको अध्यक्ष्तामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला इन्चार्ज नवीन प्रमुख अतिथि रहेको थिए ।

कार्यक्रममा वोल्दै इन्चार्ज नविनले केपि पिके सरकारले लगाएको प्रतिवन्ध जनताले खारेज गरिदिएको बताएका थिए ।जनयुद्धका नायक खलनायकमा पतित भएका कारण मात्रै नेपालमा फेरि एक पटक आमुल रुपान्तरण सहितको क्रान्तिको संघघोष गर्ने वेला आएको र उक्त महासमरको यात्रामा जोडिन युवाहरुलाई अपिल गरेका थिए ।

कार्यक्रममा अन्य जिल्ला सेक्रेटरी विवेक ,कार्यालय सचिव लक्ष्मण ,जनसरकार प्रमुख सौगात,युवा संगठनका केन्द्रीय सदस्य विजय ,अनेमसंघ क्रान्तिकारीका जिल्ला संयोजक भिमसराको समेत उपस्थीति रहेको थियो ।