अमेरिकाविरुद्ध नेपाललाई सन्दीपले दिलाए पहिलो सफलता

काठमाडौं,आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा उनले ओपनर आरोन जोन्सलाई एलबीडब्लू धरापमा पारेका हुन्।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौँथो बलमा आरोनलाई पेभिलियनको बाटो देखाएका हुन्। तेस्रो बलमा चौका दिएका उनले चौँथो बलमा आउट गरेका हुन्।

सन्दीपको जारी शृंखलामा यो पहिलो विकेट हो। उनले यस शृंखलामा लिने हरेक विकेटमा सगरमाथाको उचाई बराबर चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन्।

त्यस्तै करण केसीले दोस्रो सफलता दिलाएका छन् । उनले तेस्रो ओभरमा स्टीभन टेलरलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका हुन्।