अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा फकिँदै क्रिस्टीना कोच

काठमाडौं, अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् ।

उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वीमा फर्किँदै छिन् । उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा विताएका थिएनन् ।

पछिल्लो रेकर्डका अनुसार अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनले २०१६–१७ मा स्टेशन कमान्डरको रुपमा २८८ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उक्त मिशनमा चन्द्रमा र मंगल मिशनको लागि महत्त्वपूर्ण डाटाहरु संकलन गर्न सफलता मिलेको थियो ।

कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए । यो कोचको पहिलो अन्तरिक्ष मिथन थियो । उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन् ।

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५,२४८ चक्कर लगाएर १३.९ करोड किलोमिटर यात्रा गरेकी छिन् । यो २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो ।