नेपाल भ्रमण बर्ष र पर्यटकिय गन्तब्य रारा

सरकारले घोषण गरेको नेपाल भ्रमण बर्षले पछिल्लो समय चर्चा पाएको छ । यसको चर्चासंगै नेपालको उत्कृष्ट पर्यटकिय गन्तब्यहरुको समेत पहिचान गर्ने समय आएको छ । अझ यसो भनौँ समृद्ध नेपालको लागि एउटा महाअभियान पर्यटनबर्ष २०२० बाट शुभारमभ गर्नुपर्ने अबस्थाको र्सिजना भएको छ । नेपालको प्राकृतिक सम्पदाहरुको संरक्षण सर्मद्धन गर्नुका साथै यसको बिश्व बजारमा प्रचारप्रसारको आबश्यकता निम्तिएको छ । सरकार र सरोकारवाला निकायहरुले पर्यटन बर्षको सार्थकताको बिषयमा गम्भीर रुपमा समिक्षा गरी अगाडि बढनु पर्ने आबश्यक्ता खडकीएको छ ।

सरकार सत्ताको खिसीटिउरीमा रमाइरहेको बेला नेपालका पर्यटकिय गन्तब्य आकर्षकिय ब्यवस्थापन बिकास नपाएर ओझेलमा परिहेका छन । नेपालको समग्र भबिश्य बोकेका यि गन्तब्यहरुलाई पहिल्याउन न सरकारलाई हतारो छ न सरोकारवाला निकायहरुलाई चिन्ता छ । केहिथान डलेरेहरु जम्मा गरेर भ्रमण बर्ष मनाउने कल्पना गर्नु केहि हद पंशंसिय काम भएपनि जनताको जनजिवनसंग पर्यटनलाई कसरी जोडने भन्ने कुरा टटकारो रुपमा उभिएको छ । औपचारीकतामा रमाउनु भन्दा यतिबेला बिकासे कदममा हामफल्नु सबैको कर्तव्य हुन आउछ ।

पर्यटन छ,पर्यटक छैन चिन्ता छ चासो छैन । भ्रमण बर्ष सफल हुन अन्तराष्ट्रिय बजारमा नेपालको पर्यटनको चर्चा चल्नु पर्दछ । ब्यवसायीहरुलाई उचित आकर्षणका लागि सरकारले त्यस्ता कार्यक्रमहरु तयार गर्न जरुरी छ । ब्यवसायीहरुको सहभागिता बिनाको यात्रा अन्धो घोडाको सवार हुने निश्चित छ ।

…र पर्यटकिय गन्तब्य रारा

अनुपम प्राकृतिक सौन्दर्यको खानी रारामा पुगेर मन्त्रमुग्ध नहुने स्वदेशी तथा विदेशी पर्यटक सायद को होलान् र पश्चिम एसियाको अफगानिस्तान देखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित पर्यटकिय सम्पदाको तुलनामा सबैभन्दा सुन्दर मानिने रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो, राम्रो र सुन्दर लाग्थ्यो तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” मनोरम रारा पुग्दाको अबिस्मरणीय क्षण भनेको डुंगामा सयर र घोडा सयर गर्नु हो । यसो भनौँ त्यहाँको प्राकृतिक मनमोहकतासंग लुकामारी गर्नु हो ।

कर्णाली प्रदेश मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा अवस्थित अनुपम प्राकृतिक उपहार रारा समुन्द्रि सतहबाट २,९९० मिटर उचाईमा रहेको छ । ५ किलोमिटर लम्वाई, ३ किलोमिटर चौडाई र १६७ मिटर गहिराई, १०.८ वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएको रारा नेपालको सबै भन्दा ठुलो र गहिरो तालह हो । रारा वरिपरि घुम्न तथा तालको सौन्दर्य अवलोकन गर्नका लागि करिब ५ घण्टा पैदल यात्रा गर्नु पर्छ । साथै राराको सौन्दर्यता नियाल्न राराको नजिकै रहेको मुर्मा गाउँ हुदै करिब २ घण्टाको सममयमा मुर्माटप पुग्न सकिन्छ । मुर्माटपबाट राराको सुन्दरता, अपिसैपाल, खप्तड, काञ्जिरोवा, सिस्ने हिमाल, छायानाथ, कोइकी हिमाल, चंखेली हिमाल, तिब्बतियन सुशाषित क्षेत्र र कर्णाली र सुदुपश्चिमका बिभिन्न जिल्लाहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । विभिन्न पर्यटकिय विशेषता छन् यहाँ विहान सुर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्यान्ह मन्दमुस्कान संगै हावा संग कावा खेल्नु, साँझपख उत्ताउ लिनु, आकासमा बादल घुम्दा बादल पौडिएर रुप परिवर्तन हुनु, विश्वको सवै भन्दा अग्लो स्थानमा र विश्वमै दुर्लभ कहिकतै नपाईने असला जाको माछा पाईनु, सिजन अनुसार साइवेरिया लगायतका स्थानबाट आउने चराहरुको रमझम, स्थलिय तथा जलिय वनस्पती, रंगीविरंगी फूलहरुले ढकमक्क मैदान, वरिपरि होचा हरियाली तथा सुन्दर पहाडले घेरिएको भव्य जलमग्न उपत्यका, रोचक ऐतिहासिक तथ्य, स्वच्छ हावापानी राराका विशेषता हुन् ।

रारातालको संरक्षणार्थ २०३२ सालमा स्थापितनिकुञ्ज १०६ वर्ग कि.मि फैलिएको नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भएपनि जैविक विविधताले उदारणीय मानिनुका साथै विभिन्न बहुमुल्य जडिवुटी समेत पाईन्छ । बि.स.२०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरता प्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत सिर्जना गरेको पाइन्छ । सोहि बर्ष जिल्ला पञ्चायतको बैठकले रारालाई महेन्द्र तालको नामाकरण समेत गरेको थियो ।

यसरी पुग्न सकिन्छ रारा

अनुपम प्राकृतिक सम्पदा रारामा हवाई र स्थलमार्ग प्रयोग गरि पुग्न सकिन्छ । रारामा काठमाण्डौंबाट नेपालगञ्ज करिब ५६ मिनेट र नेपालगञ्जबाट ताल्चा (रारा) विमानस्थल ४५ मिनेट वा सुर्खेतबाट ताल्चा (रारा) विमानस्थल ३५ मिनेटमा पुगिन्छ । स्थलमार्गबाट जिप र बसमा रारा पुग्नलाई नेपालको खसभाषको उदगम स्थल जुम्ला–सिंजा हँँँँुदै रारा पुग्न सकिन्छ । रारा जिल्ला सदरमुकाम गमगढिबाट दक्षिण–पश्चिमतर्फ करिब ३ घण्टा र मुगुको एकमात्र विमानस्थल ताल्चाबाट करिब २ घण्टाको पैदलयात्रा गर्नुपर्छ । रारा नजिकको पुग्नैपर्ने पर्यटकिय ठाउँ मुर्माटप पनि एक हो । राराबाट करिब २ घण्टाको पैदलयात्रा पश्चात् मुर्माटपमा पुग्न सकिन्छ । मुर्माटपबाट राराको पूरै दृश्यावलोकन हुनुका साथै अपि–सैपाल, कान्जिरोवा, सिस्ने, छायाँनाथ, वडिमालिका लगायतका पर्यटकिय स्थलहरुको पनि अवलोकनगर्न सकिन्छ ।

खर्चको हिसाबले रारा पुग्न स्थलमार्गबाट काठमाडौँदेखि एकहप्ताको प्याकेजमा करिब १५ देखि २५ हजारको सरोफेरोमा पुग्न सकन्छि । त्यस्तै हवाईमार्गबाट करिब तिनदेनको प्याकेजमा २५ हजार देखि ३५ हजारको सेरोफेरोमा पुग्न सकिन्छ ।  रारा या कर्णालीको जुनसुकै क्षेत्रममा पुग्ने उदेश्य बनाउनु पुर्ब त्यहाँको बारेमा बिस्तृत जानकारी लिन जरुरी छ । त्यसको लागि रारा एडभेन्चर , रारा पर्यटन बिकास समिति लगाउयतका संस्थाहरु क्रियाशिल रहेका छन ।

प्राकृतिक सुन्दरताका सवालमा स्वर्गसंग तुलनागरिने राराको प्राकृतिक पनको सम्वद्र्धन र प्रवद्र्धन अहिलेको आम सरोकारको सवाल पनि हो । रारा पुग्ने हरेक जसो स्वदेशी तथा विदेशी पर्यटकको एउटै सुझाव छ “राराको प्राकृतिक सौन्दर्यलाई जोगाई राख्नुपर्छ । रारालाई सँधै यत्तिकै सुन्दर राख्न सके कर्णाली प्रदेशको कायापलट हुनेमा दुइमत छैन ।”

अन्त्यमा, नर्वेका नागरिक एवम् शिक्षक मार्टिन ग्रेभका शाब्दिक भावनाप्रति मेरो पनि सहमति छ “रारा धरतिको स्वर्ग हो, हामीले यसलाई स्वच्छ र प्राकृतिक राख्नुपर्छ ।” जय रारा, जय पर्यटन ।

-लेखक रोकाया कर्णालीका युवा पर्यटन अभियान्ताका साथै रारा विकास समितिका अध्यक्ष हुन ।