सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार

कालिकोट,कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।स्वास्थचौकी माल्कोटमा अनमी रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए । जिल्लामा सुत्केरी गराउन असम्भव भएपछि सुर्खेतमा लगिएको छ” उनले भने, “सरकारी तबरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”