आठ लाख घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ

बिरेन्द्रनगर,सुर्खेत जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको छ । प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घूस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

अध्यक्ष केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत पक्राउ परेका हुन ।  उनीहरु दुबैलाई घुस रकमसहित सहित अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नियन्त्रणमा लिइएको हो । अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान बस्नेतमाथि थप अनुसन्धान भइरहेको अख्यियारले जनाएको छ। के काममा लागि घुस लिएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।