जाडो मौसममा यसरी जोगाउनुस छाला

काठमाडौं, जाडो मौसममा धेरैले हात खुट्टाको छाला फुस्रो देखिने र फुट्ने समस्या भोग्‍ने गर्छन्‌। चिसोका कारणयो मौसममा छाला सुक्खा हुने, चाउरी पर्ने, गाला तथा हातगोडा फुटेररगत आउने, छालामा रातो डाबर उठ्नेजस्ता समस्या देखापर्छन्‌।चिसोबाट हुने ‘एलर्जी’ ले छाला फुस्रो हुने र र फुट्ने गर्छ।जाडोयाममा छालामा देखापर्ने समस्याबाट बच्‍न हामीले विभिन्‍न सुरक्षाका उपाय अपनाउन सक्छौं।

यसरी जोगाउनुस् जाडोमा छाला

जाडोमा तातो हुनको लागि घाममा बढी बस्‍नेगरिन्छ। जसले गर्दा सूर्यको विकिरणले हाम्रो छालामा प्रत्यक्ष प्रभाव पार्छ र छाला सुक्खा हुने रचाउरी पर्ने हुन्छ। त्यसैले घाममा धेरै बस्‍नु हुँदैन। तर घामले हाम्रो शरीरमा ‘भिटामिन डी’ को परिपूर्ति गर्ने हुँदा विहान दश बजेदेखि १ बजेसम्मको घाममा बस्‍नु राम्रो हुन्छ।

यसरी घाममा बस्दा शरीर पुरै ढाक्ने सुतीको कपडा लगाएर बस्‍न उपयुक्त हुन्छ। यसो गर्दाछालालाई घामले सीधाअसर गर्दैन। यस्तै चिसोले हाम्रो शरीरमा सुक्खापन र चाउरीपन देखिने हुँदा बेला(बेलामा तेल लगाउनुपर्छ। सकेसम्म शुद्ध तोरीको तेल, नरिवलको तेल, जैतुनको तेल लगाउनुपर्छ। यी तेललेहाम्रो छालाको चाउरीपन हटाउनुका साथै छालालाई लामो समयसम्म नरम राख्‍ने गर्छन्‌।

बजारमा पाइने अन्य तेलले जस्तो यी तेलले छालामा एलर्जी पनि गराउँदैनन्‌। चिसो ठाउँमा जाँदा चिल्लो मोइस्चराइजु युक्त क्रिमहरु वा घरेलु औषधीका रुपमा गाईको दूधबाट बनाइएको नौनी पनि लगाउन सकिन्छ। सकेसम्म गाला र ओठलाई चिसो हावाबाट जोगाउन मखमलको प्रयोग गर्नुपर्छ। फुटेको ओंठमा जिब्रोले चाट्‌नुहुँदैन। छालालाई नरम बनाउन अल्कोहलरहितक्रिम तथा गुलाबजलको पनि प्रयोग गर्न सकिन्छ भने छालामा सीधै ऊनीको कपडा लगाउनु पनि राम्रो हुँदैन। जाडोमा शरीर न्यानो पार्न धेरैले ऊनीको कपडाहरु जस्तै स्वेटर, थर्मकोट लगाउने गर्छन्। तर छाला संरक्षणका हिसाबले यो उपयुक्त होइन। छाला धेरै सुख्खा हुने व्यक्तिले भित्र कटनको कपडा लगाएर मात्र बाहिर ऊनीका लुगा लगाउनुपर्छ।

जाडोमा शरीरका रौंहरु ठाडो भएको हुन्छ। टाइट लुगा लगाउँदा ती रौंहरु तानिन्छन्, जसकारण चिलाउने तथा बिबिरा निस्कन्छ। हात खुटा फुट्ने र रातो डाबर आउने समस्याबाट बच्‍न खुट्टामा सँधै बुट र हातमा पञ्जा लगाउनु राम्रो हुन्छ। चिसो पानी चलाउदा हात फुट्‌ने हुँदा सकेसम्म प्लास्टिकको पञ्‍जा लगाउनुपर्छ भने अरु बेलामा भित्र सुती र बाहिर ऊन भएको पञ्जा लगाउनु छालाका लागि उपयुक्त हुन्छ। यस्तै जाडो मौसममा हामी बस्‍ने कोठाको तापक्रम सन्तुलन गर्नुपर्छ।

जाडो समयमा शरीरलाई मात्र न्यानो बनाएर हुँदैन, आफू बस्ने कोठाको तापक्रम पनि सन्तुलनमा राख्नुपर्छ। जसले चिसोबाट हात खुट्टा फुट्ने, छाला चाउरिने जस्ता समस्याबाट बच्‍न सकिन्छ भने चिसोको कारण शरीरमा लाग्‍ने अरु रोगबाट समेत बच्‍न सकिन्छ। चिसोले हाम्रो शरीरलाई सुक्खा बनाइदिने हुनाले यस्तो बेलामा प्रयोग गरिने कतिपय साबुनले हाम्रो छालालाई झन् सुक्खा बनाउँछ। त्यसैले बजारमा चिल्लो धेरै हुने साबुनहरु पनि पाइन्छ, त्यस्ता खालका साबुनहरु प्रयोग गर्नु राम्रो हुन्छ।

हाम्रो शरीरमा भएको चिल्लो पदार्थलाई फाले पनि साबुनमा रहेको चिल्लो पदार्थले शरीरलाई नरम बनाइराख्छ। जाडोमा साबुन र ुफेसवासु पनि ुमोइस्चरु युक्त प्रयोग गर्नुपर्छ। धेरै सुख्खा छालाको लागि सन ब्लकसँगै लोसन र तैलीय छालाको लागि जेलको प्रयोग गर्न सकिन्छ।