नेपाली राजनीतिमा मौलाएको “पाखण्डी” राजपाठ

राजनीतिमा असम्भव भन्ने केही हुदैन,सबै कुरा सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नु पनी हुदैन । अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यहीँ कुरा छिटोभन्दा छिटो भनिन्छ । किनकी नेपाली राजनीतिमा नकारात्मक तरिकाले स्थापित भएको पाखण्डी राजपाठ छ । यतिसम्म कि राजनीति दलहरू चुनाब जित्नको लागी दुधकै कलम दुधकै मसि दुधकै कापीमा सुनौलो कथा लेखेर देखाउछौँ । जनताहरु खुसिले ताली पिट्दै हर्षबिभोर भए । सत्यतथ्य त्यो थिएन जुन असम्भव थियो । त्यो सुन्नेको दोष भन्दा पनी भन्नेको दोष हो । किनकी नेपाली राजनीतिमा मौलाएको जर जर सामन्ती राजपाठबाट प्रशिक्षित पाठ्यसामग्री यथावत छ । त्यो सबैखाले बिदेशी तथा स्वदेशी प्रतिक्रियावादी चिन्तनमा जबर्जस्त हावी छ।

राजनीति किन गरिन्छ।

राजनीति मान पद प्रतिष्ठा पहुँच पावरको लागि गरिदैन राजनीति समग्र समाज देश ब्यक्तीका एकएक दुखको अन्त्यको लागी गरिन्छ मान्छेबाट मान्छेलाई दिने दुखको अन्त्यको लागि राजनीति गरिएको हुन्छ। हामीले सबैभन्दा पहिले मान्छेको जिबन कथाको बारेमा कुरा गर्छौ सुरुमा कथामा सुखद र दुस्खद दिनका लामो तितामिठा फलहरुको भोगाइ सुरुहुन्छ । हातले त्यत्तिकै खोज्दै जान्छौ मान्छेले पत्तो लाउने कोसिस गर्छौ मानव इतिहासमा जतिबेला मान्छेले जंगली युगलाइ छोडेर कबिला युग हुँदै अहिलेको बिज्ञान प्रबिधिको युगमा पुग्दा सम्म आउदा धेरैले समाजको ब्याख्या गरे बदल्ने कोसिस पनि गरे । बिडम्बना जस्ले बुझ्ने र बदल्ने कोसिस गरे तिनिहरुले स्वयम् आफुभित्रैबाट बदलिने कोसिस कहिलै गरेनन जस्ले आफू बदलिने कोसिस गरेनन । तिनीहरुले दुख कस्ले जन्मायो सुख कस्ले जन्मायो त्यो खोज्नु भन्दा सुखिको साथमा पुग्नको लागी दुखिको झुपडी छोडेर हिड्ने गरे। मानव सभ्यताको मानवीय संबेदनालाइ केलाउदै जादा मान्छेले बिर्सनैनसक्ने टुट्न नसकेको अटुट इतिहास दुख हो सबैलाई ज्ञान् छ ।

दुखको इतिहास रच्ने को हो त्योपनि थाहा छ त्यस्को अन्त्य कसरी हुन्छ त्योपनी धेरैलाई थाहा छ दुर्भाग्य दुख्ने घाउमा बारम्बार काटिरहने तरबार र त्यो तरबार समात्ने महिमासुर सुरा सुन्दरी सपना र सम्पत्तिलाई सोरपुछ गर्न सिपालु छैनौं र हुदैनौ त्यसैले जन्मेको दिनदेखि मर्दाको रातसम्म दुखी र सूखी समाजमा यथावत रहिरहन थाले मानव समाजको कथा पढाउनेहरु भन्छन जब मान्छेमा बर्गको उत्पादन भयो तबमात्र दुखको सुरुवात भयो जबसम्म बर्गको अन्त्य हुदैन तबसम्म दुखको अन्त्य हुँदैन मानव सभ्यताको लामो इतिहासमा बलबानले बर्ग बनायो बुद्धिमानले हतियार बनायो मुर्खले संचालन गरायो सर्बसाधारण त्यहीँ तरबारको मुन्तिर बसेर सुरा सुन्दरीका सपना र सम्पत्तिको दास बनेर अहिलेसम्म बाचिरहेका छन।

झन्डै आठ जार बर्ष पुरानो बर्गको निर्मित इतिहास र त्यसको चरणहरु दासयुग भुदासयुग सामन्ती युग र पुजीवादी युग र भुमण्डलिकृत पुजीवादी युगले निर्माण गरेका सामाजिक संरचना र त्यसका संरक्षकको सार र रूपमा आएको परिवर्तन खासभिन्नता के थियो र के भयो बिश्वब्यापी मानव समाजमा सर्बब्यापी छ । संसारभरी जतिपनी मानवीय उपलब्धि र छेदी धेरैजसो दुख र सुखको लागि भए क्रुद्ध र कुरुप सभ्यताको जगबाट सुन्दरताको परिकल्पना गरेरै वर्गसंघर्ष भयो ।
जस्ले राजनीति चेतनाको बिकास गरायो सुख शान्तिको लागि संघर्षको सचेत दार्शनिकबाट दर्शनको जन्मभयो जुन दर्शनले राजनीति समुह र दलहरू निर्माण गरायो ।

सुख शान्ति र सम्पन्नता युद्धको सदाकोलागी अन्त्यको दर्शन र युद्धको दर्शन उत्पादन र कार्यनयनमा आयो युद्धको दर्शनको प्रयोग आडम्बरी राष्ट्र र सासकले चलाउन थाले शान्तिको दर्शन उत्पीडित बर्ग समुदायले प्रयोग गर्दैगरे दुखको कुरा हतियार सेना आर्थिक सम्पन्नता र शक्तिशाली राष्ट्रका सासक र बर्गले उत्पीडित बर्गको मुक्तिको लागि गरेको हरेक संघर्षलाई अराजक आतंककारी भनेर भन्दा सबै सत्य हुने र उत्पीडित बर्ग र राष्ट्रले उठाउन गरेका न्यायीक संघर्षलाई दबाउन हतियार सेना प्रयोग गर्ने थिती दासयुग हुँदै अहिलेको भुमन्डलिकृत पुजीवादी युगसम्म त्यो संरचना र त्यसको संरक्षक यथावत छन जसलाई अन्त्यका लागि राजनीतिमा बैज्ञानिक राजनीति कार्यदिशा आउन अनिवार्य छ ।

राजनीति र राजनीति नेता भनेको के हो ?

हामिहरु धेरैलाई राजनीति भनेको आफुले मन पराएको पार्टीको विजयको लागि निर्माण गरिएको सिद्धान्त र त्यो सिद्धान्तधारी पार्टीको सरकारमा पुग्ने उदेश्यनै राजनीति हो । आफ्नो मनपराएको पार्टीको मुख्य नेतानै मुल नेतृत्व हो । बुझ्ने गर्छौ जबसम्म हामिहरुले मानव समाजमा यो ससकारको अन्त्य गर्न सक्तैनौ तबसम्म समाजमा बिकास सुख शान्ति र समृद्धिको कुनै परिकल्पना नगर्दा हुन्छ।  खासगरी राजनीति भनेको सामाजिक सेवा हो अझ सरलीकरण गरेर भन्दा राजनीति भनेको पहिले आफू बदलिएर सिङ्गो बिश्व समाज बदल्ने दृष्टिकोण नै राजनीति हो । राजनीतिको मुल उदेश्य समाजलाई रुपान्तरण गरेर सुख र समृद्धि शान्ति स्थापना गर्नु हो भने नेता भनेको सिमा नाता सम्बन्ध प्रेम माया मानव सभ्यताको सुन्दर पाटोलाई स्थापित गर्नुपर्ने हो । दुर्भाग्य भन्नुपर्छ अहिलेको पुजिबादले राजनीति भनेको सत्ता प्राप्तिका लागि हो नेता भनेको जसले अथाह सम्पत्ति राखेर दुइचारजना सुरा सुन्दरी पालन सक्छ त्यसैलाई मान्नुपर्छ भन्ने संसकारको बिकास गरायो जुन थिति दासयुगमा समेत यहीँ हो ।

मात्रै दासयुगमा मान्छेले मान्छेलाई किन्ने र बिक्री गर्ने बजारको स्थापना गरायो अहिलेको पुजिबादले मानेछेको श्रमलाइ किन्ने र बिक्रीवितरण गर्ने बजारको स्थापना गराएको छ । सबैभन्दा खतरा दक्षिण एसियालि मुलुकहरू त्यसमध्य नेपालमा झनै डरलाग्दो अस्तित्वहिन राजनीति सामाजिक चेतनाको बिकाश हुँदै गएको छ । जनता र राष्ट्रको हित बिपरित सत्ताधारी राजनीति दल सरकारले गल्तिगर्दैजादा प्रतिपक्षी राजनीति दलले मौन बस्छ किनकी सत्तारूढदलले कमजोरी गर्देको भए । आफू अर्को समयमा सत्तामा पुग्ने बाटो सजिलोसँग खुल्नेथियो सत्तामा बसेका राजनीति दल कहिकतै छिसिक्क कसैको आलोचना सुन्न नपरोस त्यस्ता आलोचना आयोभने बल प्रयोग गरेर सहि राम्रो गरेको छ सरकारले भन्नलगाउनु यस्ता प्रवृत्ति र चिन्तनले बर्ग समाजमा नभएर जनता र सरकारमा देखा पर्ने खतरा छ ।

यही थिती लामो समय रहेको अबस्थामा सुखको लागि वर्गसंघर्ष जनता र सिङ्गो ब्यबस्थापन गर्ने ब्यबस्था सग हो । तर जनता र राजनीति दलहरूसग वर्गसंघर्ष हुने देखिन्छ । यसको मुल समस्या भनेको राजनीति सिद्धान्त आचरण नैतिकता र कार्यसैलिमा देखिने दक्षिणपन्थी दास मनोवृत्तिको अबैज्ञानिक उपज हो । सत्तारूढ राजनीति र प्रतिपक्षी तथा ससाना राजनीति दलहरुमा गतिशील तथा बैज्ञानिक हुन जरुरी हुन्छ । गतिशीलताले सुन्दरता भित्र थप सुन्दरता खोज्दछन । दक्षिणपन्थले यथास्थितिमा आफ्नो अस्तित्व खोज्दछ । जस्ले जनतामा बिद्रोह र सासकमा फासिबादको जन्म आकस्मिक रूपमा हुन्छ । जनधनको क्षति गराउने ध्ययतिर साम्राज्यबादिहरुको चलखेल बढ्दै जान्छ ।

नेपाली राजनीति सैद्धान्तिक चिन्तन प्रणाली मुलत राजनीति पार्टी नेतृत्वले आफ्नो सैद्धान्तिक रूपमा कुन धरातलमा छु र कुन बर्गको मुक्तिकोलागी राजनीति गरिएको हो भन्ने नबुझनु नै हो । आफ्नो भाब भुमी के हो ? राजनीति सैद्धान्तिक तथा नैतिक इमानदारीता के हो त्यो बुझ्न नसक्नु र जनताले खासगरी राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको वास्तविक मुलमुद्दा कुन धरातलमा उभिएको राजनीति शक्तिले गर्न सक्छ त्यो बुझ्न नसक्नु गम्भीर समस्या छन । जनताले र राजनीति नेतृत्व बुझ्ने कुरा राजनीति भनेको समाजका जल्दाबल्दा समस्याको समाधान हो र नेता भनेको कारिन्दा हो भन्ने बुझ्न सकेपछि मात्रै समस्याको नयाँ निकास हुन्छ।

नेपाली जनता र नेताले राजनीतिलाई बुझ्ने तरिका

विकसित राजनीति संस्कार बसेको राष्ट्रहरुमा जनताले राजनीति भनेको समस्याको समाधान हो । भनेर बुझ्नेगर्छन जब जुन राजनीति सिद्धान्तबाट समस्याको समाधान हुन सकेन जनताले तत्कालै नयाँ विकल्प लिन सक्ने छेमता राख्छन । दुर्भाग्य नेपालमा बहुसंख्यक समुदायमा राजनीति भनेको धनी पुजिपतिको कमाइखाने व्यावसायिक पेशा हो बुझ्दछन । नेताले मेरो जिम्मेवारी भनेको राजनीति गर्नु हो । राजनीति भनेको सानो बर्गबाट अभिजात बर्गमा उक्लिनु हो । अर्को आफ्नो कार्यकर्ताको जिबनस्तर परिवर्तन गर्नु हो । आफ्नो दल बाहेक अर्को दलको भोटर र सदस्यीय बिरोधिहरु आफ्नो जनता होईन भन्ने सँकुचित सोच चिन्तनले समाज बिकास र परिवर्तनको बाधक बनेको हो ।

रुढीबादी राजनीति र पार्टी संस्कार

नेपालमा जतिसुकै राजनीति गर्ने दलहरू छन । तिनका सोचने तरिका नीति तथा कार्यक्रममा अत्यन्तै रुढीबादी दास चिन्तन छ । युग अनुसारको राजनीति कार्यदिशा गतिशील तथा बैज्ञानिक हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन शक्ति पहुँचमा जुन देखिन्छ त्यो सत्यता देख्ने त्यसैबाट प्रभावित बनेर डराउने सैद्धान्तिक फोबिया रोग यथावत छ। काग्रेसको सैद्धान्तिक मुद्दा पनि समाजबाद नेकपा नेकपाको सैद्धान्तिक कार्यदिशा समाजबाद अझ बुझ्ने गरि भन्दा संसदिय बहुदलीय राजनीति पार्टीको मुल सहमतिमा बनेको समाजबादी संविधान सबैको कार्यक्रम समाजबाद व्यबहारत ती जतिपनी संविधान निर्माण गर्ने राजनीति शक्तिहरु दलाल पुजिबादको कुवाभित्र नराम्रोसग फस्दै गएका छन । त्यो समस्या न त सरकार चलाउने राजनीति दलले बुझ्न सक्यो न त प्रतिपक्षीमा उभिएको शक्तिलेनै बुझ्दछन । समाजबादमा पुग्नको लागि किन बाधाहरु आउन थाले निकास के हो त्यो चिन्ता छैन । सरकारले आफुलाइ आलोचनाबाट बचाउन शक्तिको प्रयोगलाई कार्ययोजना अघि ल्याउछ । प्रतिपक्षीहरु आफ्नो दललाई स्वतन्त्र राख्न संघर्स गर्छन यो राजनीति संस्कार र परिपाटीले समाजमा कुन्ठा क्रोध र बिद्रोहको बाताबरण बन्छ सरकार आफ्नो अस्तित्व रक्षा गर्न निरंकुस फासिबादमा परिनत हुन्छ अहिले अस्तित्वमा रहेका राजनीति पार्टीको चिन्तन प्रणाली हेर्दा जनता सधैभरिकालागी दास हुन र हामिहरु दास मालिक हौँ भन्ने चिन्तनगत राजनीति सस्कारको बिकास भयो।

काँग्रेस र कम्युनिष्टको छोटो समिक्षा

नेपालमा अस्तित्वमा रहेकोे राजनीति शक्ति यतिबेला नेकपा नेकपा र नेपाली काग्रेस छन यतिबेला उनीहरुको कार्यदिशा नीति तथा कार्यक्रमले नेपाली जनता निराश छ यसको पछाडी के बुझ्नु जरुरी छ । भने सैद्धान्तिक रूपमा बैज्ञानिकता तथा गतिशीलता दुबैमा यी दुईवटा राजनीति दलहरू फिलियर भएको प्रमानित भयो बिपिको स्कुलले मात्रै अहिलेको बिश्व युग बिकासको गतिलाइ पकडन सकिएन भन्ने काग्रेसले निकालेन माक्र्सवादमा बैज्ञानिक राजनीति कार्यदिशा ल्याउन सकेनौ भन्नेतिर भन्दानी यतिनै सबैथोक हो यो भन्दा फराकिलो ब्यबस्था छैन ।भन्नेतिर कम्युनिस्ट पार्टीको समस्या देखिन्छ ।यस्ता यावत समस्या राजनीति रूपमा दक्षिणपन्थी अबसरबाद हो यतिबेला नेपाली राजनीतिमा देखिएको यान्त्रिकक्ता,जडताले राजनीतिले निम्त्याएको निराशा जनतामा मात्रै होईन राजनीति कार्यकर्ता समेतलाई प्रभावित पारेको छ यसको सार भनेकै सैद्धान्तिक राजनीति रूपमा धरातलीय नैतिकताको मुल समस्या हो।

नेपाली राजनीतिमा नेतृत्वको समस्या 

नेपालको इतिहासमा राजनीति आन्दोलन धेरै भए दस बर्षको लामो जनयुद्ध र त्यसप्रति जनताको सहभागिता हजारौंको बलिदान सहिद सयौं बेपत्ता घाइते अपांगको लेखाजोखा गर्न सकिएको छैन यो सब राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानको लागि हो बिडम्बना यहाँ सत्ता र सासक बदलिए राजनीति नेर्तित्वको कार्यसैली संसकृती सस्कार नैतिकता बदलिएको छैन राज्य ब्यबस्थाको स्वरुप बदल्नको लागि आफ्नो रुढीबादी चिन्तन कार्यसैली प्रवृत्ति बदल्ने नैतिकता राजनीति अगुवाहरु नदेखिनु गम्भीर समस्या हो राजनीति नेर्तित्वले राजनीतिलाई समाजसेवा सम्झदैनन पेसा ठान्छन जसरी पनि नेता पद पावर र पहुँचमा पुग्नुपर्छ आफू र आफ्नो परिवार नातागोतामा घुम्नथाल्छ अनि परिवर्तनको कुनैपनी काम हुन सक्तैन पदको लागि घुर्की धम्की सुरु हुन्छन् जसरी नेर्तित्व पद पावर र पहुँचमा पुग्दछ त्यसैगरी भ्रष्टाचार बेथिति ब्याप्त बढेर जान्छ किनकी नेताले नैतिकताको दुरुपयोग गरेर पहुँचमा पुग्दछ त्यसरी उस्ले पदको दुरुपयोग गर्न बाध्यता सृजना हुन्छ ।

राणा शासनपछिको केही समिक्षा 

२००७ साल देखि २०४६ सालसम्म राजनीतिमा मौलाएको घिनलाग्दो समस्या जनताको त्याग तपस्या बलिदानबाट प्राप्त उपलब्धि सिदै लिएर सामन्तलाई बुझाउने गरिएको पाइन्छ त्यसको प्रतिफल जनयुद्ध भयो त्यसपछिका राजनीति नेर्तित्वले जनयुद्ध र २०६२र६३ को जन आन्दोलनको प्राप्त उपलब्धिलाई बिदेशी दलाल तथा राष्ट्रिय भु माफीको जिम्मामा थमाउने काम भयो। अहिले धेरैले मुख्य दोस ब्यबस्थालाइ दिएर आफुहरु उम्कने सजिलो उपाय देख्छन ब्यबस्था कस्को हो कस्ले चलाएको छ भन्दा राजनीति नेर्तित्वले स्पष्ट बुझ्न जरुरी छ आफू आफ्नो राजनीति सैद्धान्तिक भाबभुमिमा कत्तिको गम्भीरताकासाथ लागेको छु भन्ने कुराले निर्धारण गर्दछ यहाँ राजनीति कार्यदिशा असफल हुनु अनौठो होइन किनकी त्यो कार्यदिशालाई सामाजिक चेतनाले थेग्न नसक्ने हुनपनी सक्छ तर नेपाली राजनीतिमा देखिएको मुल समस्या सम्पुर्ण तरिकाले फेलिएर राजनीति सिद्धान्त राजनीति दलहरू सरकार र प्रतिपक्षी दुबैमा छन ।

नेपाली राजनीति मूल्य मान्यतामा हामी हाम्रो मुलभुत धरातलबाट स्खलित बन्दै छौ सरकारी स्तरमा र राजनीति तवरबाट हाम्रा सभ्यता महत्त्वपूर्ण ऐतिहासिकता भुलेर प्रेम दिबस कण्डम दिबस मनाउने गर्दा हाम्रो समाजलाई कता धकेल्दैछौ र हाम्रो राजनीति राजपाठ कस्ले सिकाइ रहेकोे छ बुझ्न अनिवार्य छ। नेपाली जनताले यो बुझ्न जरुरी छकी अबको भाबी नेपाल र खोजेको समाजबाद बर्तमन संसदिय फेलियर राजनीति परिपाटीले समस्याको समाधान आउन सक्तैन भन्ने स्पष्ट छ जबसम्म जनताले सैद्धान्तिक तथा ब्यबहारिक दुबै असफल राजनीति शक्तिलाई अस्तित्वमा ल्याउने प्रयत्न गरिरहन्छन त्यहा सम्म यो दुर्गती भोगी रहनुपर्ने छ। किनकी नेपाली जनसमुदायलाई बर्तमन ससदिय दलहरूले स्थापित गरेको राजनीति सस्कारनै भ्रष्ट र नैतिकता हिन छ। आफुभय सबैथोक सहि आफुनभय सबैथोक बिग्रेको देख्ने पाखन्डी सोचाइ आफूबाटै जबसम्म नेपाली नेपाली राजनीति राजपाठको अन्त्य हुदैन तबसम्म नेपाली समाजको मुक्तिपनी असम्भव छ।