चाँचरीले यसरी मनायो ९ औँ बार्षिकउत्सव

काठमाडौँ, हिमालय टेलीभिजनबाट प्रशारित सुदूरपश्चिम तथा कर्णालीको आवाज लोकप्रिय कार्यक्रम चाँचरी नवौं बर्ष पूरा गरि १०औं बर्षमा प्रवेश गरेको छ । हिमालय टेलिभिजनको कार्यक्रम चाँचरी दशौँ बर्षमा प्रबेश गरेको हो ।

बरिष्ठ देउडा गायक शंकरसिंह बिष्ट र चाँदनी मल्लको पहलमा संचालीक सुदुरपश्मिेली साँस्कृतिको संरक्षण र प्रर्बद्धनका लागि प्रसारीत कार्यक्रम १० औँ बर्षमा प्रबेश गरेको हो । 

चाँचरीले सुदुरपश्चिम तथा कर्णलीका मौलीक कला,साहित्य,सांस्कृतिको संरक्षण तथा जर्गेना अभियानमा बढेको कार्यक्रमका संचालक शंकरसिंह बिस्टले बताए ।  बिस्टले कार्यक्रम चाँचरी सुदुरपश्चिम तथा कर्णालीको मौलीक साँस्कृति बचाउने अभियान भएको जिकिर दाबी गरे । उनले यो अभियानमा सबैलाई साथ दिन नसमेत आग्रह गरे । 

कार्यक्रमममा कैलाली२ का सांसद झपड रावल लगायतको अतिथिहरुको उपस्थीति रहेको थियो ।कार्यक्रममा चाँचरी कार्यक्रममा योगदान पुर्याएको भन्दै केहि कर्मचारीलाई सम्ममान समेत गरिएको थियो ।