नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए पदबाट राजीनामा

काठमाडौँ,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । 

यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो । झापाका खरेललाई सरकारले गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।