धारा त आयो , तर पानी आएन

काठमाडौँ, दुर्गममा रहेका गाउँबस्तीहरूमा खाने पानीको पहुँच वृद्धि गर्न निर्माण भएका सार्वजनिक खाने पानीका धारामा पानी नआएर स्थानीय हैरान भएका छन् । पानीको स्रोतको पहिचान नगरी आवश्यकताका आधारमा धारा निर्माणभन्दा पहुँच र भनसुनका आधारमा बस्तीमा निर्माण गरिएका धारामा पानी नआउने समस्या जटिल बन्दै गएको हो ।

खानेपानीको धारा बनेको एक महिनापछि पानी आउन बन्द भएको खार्पुनाथ गाउँपालिका–३ की जुम्कित लामाले बताइन् । खानेपानीको धारा ठीकै बनेको छ तर धारामा पानी नआएपछि कर्णाली नदीको पानी प्रयोग गर्दै आएको उनले बताइन् । गाउँबस्ती मात्र होइन बाटोमा बनेका धारामा पानी नआउने समस्या उस्तै रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।