एक वर्षपछि नेप्सेमा २ अर्ब कारोबार

काठमाडौं,साताको पहिलो दिन आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आजै पहिलो पटक हो । नेप्सेमा २ अर्बको कारोबार एकदमै कम भएको छ ।

जुन आज दोश्रो पटक हो ।बजारमा कारोबार सँगै नेप्से परिसूचकमा पनि उछाल आएको छ । आईतबारको परिसूचक ३३.४३ अंकले बढेर १३४३.६५ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा २.५५ प्रतिशतले बढी हो ।

आइतबार कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।