अब सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने

काठमाडौं, सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुखमा र्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हनु ।

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्नअस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।