कुहिरो र तुसारोका कारण रुसमा २५ वटा कार दुर्घटना

रुस,रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।