समावेशी प्यानललाई जिताउन घरदैलो अभियानमा बाँकेका महिला उद्यमी

नेपालगन्ज, अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई जिताउन महिला उद्यमीहरु सक्रियतापूर्र्वक लाग्नु भएको छ ।रचना श्रेष्ठको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिले समावेशी प्यानलका उम्मेदवारलाई बिजयी बनाउन घरदैलो, आन्तरिक रणनीति र ब्यापक प्रचार प्रसार गर्ने तयारी गरेको संयोजक रचना श्रेष्ठले बताइन ।
समावेशी प्यानलको तर्फबाट अध्यक्षमा चुन्ना उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता दिनुभएको छ ।

त्यस्तै सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) , सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसी रहनुभएको छ ।