राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्ध एक हुन युवा संगठन नेपालको अपिल

भ्रष्ट्राचार र सामाजिक विकृति विरुद्ध सडकमा उत्रिन आह्वान(विज्ञप्ति सहित)

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले राष्ट्रघाती एमसिसि सम्झौताका बिरुद्ध एक हुन युवाहरुलाई अपिल गरेको छ ।बिहिबार संगठका भेरी-कर्णाली ब्युरो इन्चार्ज दीपले संगठनको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै एमसिसि सम्झौताको साथै बिभिन्न खाले सामाजिक बिकृतिका बिरुद्ध सडकमा उत्रिन युवाहरुलाई आह्वान गरेका हुन् ।

संगठनका भेरी-कर्णाली इन्चार्ज दीपद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘देशमा यतिबेला लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती MCC सम्झौता लगाएतका बहुआयामिक साम्राज्यवादी हस्तक्षेप र देश भित्रका नेपाली अनुहारका विदेशी दलालहरुका कारण राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ, भने दलाल सत्ताकै कारण आम जनताको हालत झन्झन् खराब हुँदै गइरहेको यथार्थ सबैमा अवगत नै छ ।’

साथै, सबै राष्ट्रियता र जनजिविकाको सवाललाई लिएर संघर्षमा होमिएको देशभक्त-जनप्रिय पार्टि र नेता/कार्यकर्ताहरु माथी आफ्नो लुटको धन्दा जोगाउन र विदेशिको इसारामा वर्तमान सामाजिक फाँसिवादी दलाल केपि-प्रचण्डको सरकारले प्रतिबन्ध, दमन र धरकपडलाई तीब्र बनाएपनि यसका विरुद्धको जनप्रतिरोध र फौजीप्रतिरोधबाट यी सबैलाई चिर्दै हाम्रो पार्टी देशको स्वाधीनता र जनताको अधिकारको आन्दोलनमा झन शक्तिशाली हुँदै अघि बढिरहेको छ ।’

विज्ञप्तिको अन्तमा ‘वर्तमान दलाल सत्ताले सामाजिक विकृति-विसङ्गती, कर आतंक, भ्रष्टाचार र विभिन्न कान्डहरु आदिलाई संस्थागत गर्दै लगिरहेको छ । यो परिवेशमा देश जोगाउने हरेक अभियानमा, जनतन्त्र र जनजिविकाको पक्षमा; सामाजिक विकृति/विसङ्गती, बेरोजगारी, कर आतंक, डोजर आतंक र भ्रष्टाचारका विरुद्द एक भई मोर्चा कस्न हाम्रो जुझारु देशभक्त संगठन भेरी-कर्णालीका सम्पुर्ण श्रमजीवी, प्रगतिशील, क्रान्तिकारी, देशभक्त, बुद्धिजीवी युवाहरुमा हार्दिक अपिल गर्दछ ।’

यस्तो छ विज्ञप्ती