गढीमाई मन्दिरबाट फर्किने क्रममा दुर्घटना, २ बालबालिकाको मृत्यु

बारा, गढीमाई मन्दिरबाट फर्किने क्रममा बारामा भएको छुट्टाछृट्टै दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ।महागढीमाई नगरपालिका बरियारपुस्थित गढीमाई मन्दिरमा माघे संक्रान्तीका दिन लागेको मेलाबाट फर्किने क्रममा दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो महागढीमाई नगरपालिका २ बरियारपुरमा बीआर ०५ टिए ०५३५ भारतीय नम्बरको टेम्पोले ठक्कर दिदा भारतको मोतिहारीका सुजित साहको ४ महिने छोरी ज्योती साहको मृत्यु भएको छ।

नाबालिका उनकी हजुरआमाले बोकेको अवस्थामा भिडबाट खस्दा टेम्पोले किचेको बारा प्रहरीले जनाएको छ।

त्यस्तै महागढीमाई नगरपालिका ७ बेनौली चोकमा भारतीयबाट तिर्थ यात्रु बोकर आएको नम्बर उल्लेख नभएको ट्रयाक्टरको ठक्करबाट भारतको आधापुर थानाका विजय साहको ५ वर्षीय छोरा रिदम साहलाई ठक्कर दिएको थियो।

बालक चढेको स्कुटर अनियन्त्रित हुदाँ स्कुटरबाट भुईँमा खसेको बेलामा ट्रयाक्टरको पछाडीको चक्काले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले बताए।